मकवानपुरबाट हराएका ३१ वटा मोबाईल फेला

१३ चैत्र २०७५, बुधबार २०:१९
Mobile Fela-Murchunga TV

हेटौँडा, १३ चैत । मकवानपुर जिल्लाबाट विभिन्न मितिमा हराएका ३१ थान मोबाईल फेला पारी सम्बन्धित मोबाईल धनीलाई बुझाइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिशेष प्रबिधिको प्रयोग गरी उक्त मोबाईलहरु फेला पारेको जनाएको छ ।

जिप्रका मकवानपुरमा मोबाईल हराएको भनी दिएका निवेदनको सम्बन्धमा उपलब्ध स्रोत साधनको प्रयोग गरी खोजतलास तथा अनुसन्धान गरी ३१ वटा बिभिन्न कम्पनिको मोवाईलहरु फेला पारी बुझाइएको हो । फेला परेका मोबाईलहरु १२ हजारदेखि करिब ४५ हजारसम्मको मूल्यको रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई बुधबार कार्यालय परिसरबाट मोबाईल बुझाइको हो । यस वर्ष मात्र कार्यालयले २ सय १४ वटा मोबाईल फेला पारी बुझाएको जनाइएको छ ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*