मेयर हरिबहादुर महतले गरे १ लाखको सहयोग

१२ चैत्र २०७५, मंगलवार ०८:४०
Makawanpur Recovering Group-Murchunga TV

हेटौँडा, १२ चैत । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले एक लाख बराबरको व्यायाम सामाग्री सहयोग गरेका छन् । मकवानपुर जिल्लालाई लागु औँषधमुक्त क्षेत्र बनाउने अभियानका साथ अगाडि बढ्दै आइरहेको मकवानपुर रीकभरीङ समूहलाई मेयर महतले सामाग्री सहयोग गरेको समूहका सन्दिप शाक्यले जानकारी दिए ।

समूहमा उपचाररत युवाहरुको लागि शारीरिक ब्यायाम गर्नको लागि सजिलो होस् भन्ने उदेश्यले सामाग्री सहयोग गरिएको बताइएको छ । सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर महतले युवाहरु कुनै पनि खेलकुदहरुमा लागेको खण्डमा विसंगति तथा लागु पदार्थ दुव्र्यसनमा नफस्ने बताए । साथै समूहलाई आउने दिनहरुमा पनि अन्य सहयोगहरु गरिरहने प्रतिबद्धत्ता समेत व्यक्त गरे । वि.सं. २०७० कार्तिक १५ गते स्थापना भएको समूहमा अहिले लागुपदार्थ दुव्र्यसनीबाट मुक्त हुन चाहाने युवाहरुले सेवा लिईरहेका छन् ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*