चलचित्र ‘यात्रा’ मा तपस्याको रहस्य, यस्तो बन्यो ट्रेलर

१२ चैत्र २०७५, मंगलवार ०७:४५
Yatra Nepali Movie-Murchunga TV

हेटौँडा, १२ चैत । टिजर सार्वजनिक भएदेखि नै निकै नै चर्चामा रहेको नेपाली कथानक चलचित्र ‘यात्रा’ को ट्रेलर सार्वजनिक भएको छ । ओएसआर डिजिटल मार्फत सार्वजनिक भएको ट्रेलर यसको टिजर र गीतसँगीत जस्तै दमदार छ । मानिसको जीवन नै बदल्न सक्ने सिनेमा बनाउने वा भ्लग बनाउने विषयबाट सुरु भएको ट्रेलरले नयाँ मोड लिन्छ । एक आँखा नदेख्ने तर मिठो गाउने युवती ‘तपस्या’ को खोजीमा चलचित्रका मुख्य पात्रहरु एकजुट हुन्छन् ।

तपस्याको खोजी त हुन्छ तर उनको जीवनसँग जोडिएका सस्पेन्सले ट्रेलरले थप रोचक बनाएको छ । तपस्याको वास्तविकता के हो ? त्यो भने चलचित्र हेरेपछि नै थाहा हुन्छ । चैत २९ गतेको रिलिज डेट तोकिएको चलचित्रको यो ट्रेलरलाई सार्वजनिक भएको २४ घण्टा नपुग्दै २ लाख ५० हजारभन्दा बढी पटक हेरिएको छ । ट्रेलरमा ११ हजारभन्दा बढी लाईक र १ हजारभन्दा बढी कमेन्ट गरिसकिएका छन् । ए मेरो हजुर २ बाट डेब्यू गरेका नायक सलिनमान बनियासहित सलोन बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, जान्हवी बस्नेत, विशाल कटुवाल, प्रकाश अधिकारी, धिरेन शाक्य, राजाराम पौडेल, नानीकाजी डंगोल, बिन्दा खतिवडा, चाईनिज कलाकार जुन चाङ र केन्याका कलाकार बोबीको समेत चलचित्रमा अभिनय देख्न सकिन्छ ।

चलचित्रमा मलिका महतले डेब्यू गर्दैछिन् । चलचित्रमा समृद्धि राई र जयनन्द लामाको गेष्ट रोल रहेको छ । चलचित्रमा बालकलाकार अंकित संग्रौँला, एन्जल राई, प्रेक्षा बज्रचार्य र उपकार पाण्डेको पनि अभिनय देख्न सकिन्छ । हिमाल केसीको द्वन्द रहेको चलचित्रमा वसन्त घर्ति मगरले भिएफएक्स हेरेका छन् । प्रविन सिंहको कोरियोग्राफी रहेको चलचित्रमा कोबिद बज्रको ब्याकग्राउण्ड स्कोर छ । प्रतिक पौडेल, सुरेश न्यौपाने र शिशिर खातीको लेखनमा बनेको चलचित्रलाई सम्राट शाक्यले निर्देशन र स्क्रीनप्ले गरेका हुन् । चलचित्रमा शिशिरकै कथा छ । चलचित्रलाई शुशिल पोखरेलले निर्माण गरेका हुन् ।

चलचित्रको यस अघि नै टिजर, चट्ट रुमाल क्या मालुम बोलको रिमेक गीत र पाँच पन्छी बोलको गीत पनि सार्वजनिक भइसकेको छ । यो सामाग्री तयार पार्दाको समयमा यात्राको टिजरलाई ८ लाख २० हजारभन्दा बढी पटक हेरिएको छ भने टिजरमा १९ हजारभन्दा लाईक र १ हजार ६ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । त्यस्तै केही आलोचित समेत बनेको चट्ट रुमाल बोलको गीत यो सामाग्री तयार पार्दाको समयमा २२ लाख ७६ हजारभन्दा बढी पटक हेरिएको छ । गीतमा ३८ हजारभन्दा बढी लाईक र ६ हजार ४ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । त्यस्तै पाँच पन्छी बोलको गीतलाई ८ लाख ५४ हजारभन्दा बढी पटक हेरिएको छ भने गीतमा १५ हजारभन्दा बढी लाईक र करिब १ हजार कमेन्टहरु गरिएका छन् । हेरौँ ट्रेलर–

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*