
थाहा कला केन्द्रले नयाँ वर्षमा नयाँ अभियान घोषणा गर्ने

हेटौँडा, ११ चैत । मकवानपुरको थाहा नगरमा स्थापित भई कला क्षेत्रमा क्रियाशिल थाहा कला केन्द्र मकवानपुरले आउँदो नयाँ वर्षको अवसर पारेर बैशाख १ गते नयाँ वर्षकै दिन नयाँ अभियान घोषणा कार्यक्रम गर्ने भएको छ । नयाँ वर्ष २०७६ सालको अवसरमा केन्द्रको आगामी नयाँ योजना सहितको नयाँ अभियानको घोषणा कार्यक्रम तथा हाल सञ्चालित ईसरोकार टिभीको वार्षिक उत्सव समारोह विषेश कार्यक्रमको साथमा हुने भएको हो ।
कार्यक्रम शिखरकोटमा रहेको केन्द्रको आफ्नै कार्यालयमा हुने बताइएको छ । हाल थाहा नगरपालिका केन्द्रित रहेर विविध कार्यक्रम प्रसारण गर्दै आएको युट्युब च्यानल ईसरोकार टिभीको विशेष खुशी साटासाट सहित केक काटेर भावि निति तथा योजना तय गरिने थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानल जानकारी दिए । वि.सं. २०७२ साल जेष्ठ ९ गते औपचारिक घोषणा गरि स्थापना गरिएको थाहा कला केन्द्रले कला तथा सामाजिक क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आएको छ । केन्द्रले मकवानपुर आईडल गायन प्रतियोगिता समेत सञ्चालन गरेको थियो । त्यस्तै परिवर्तित मनको संवाहक ‘कल्चर’ नामक चलचित्र निर्माण समेत गरेको थियो ।
आफ्ना सम्पूर्ण सदस्यहरुलाई निःशुल्क रुपमा कलाकारिताका कक्षाहरु सञ्चालन गर्दै आईरहेको केन्द्रले उक्त चलचित्रलाई १३ स्थानमा १७ औ पटक च्यारिटी शो समेत गरिसकेको छ । आगामी अभियान वैशाख १ गतेकै समारोहमा घोषणा गरिने कला केन्द्रको सञ्चार संयोजक कौशिला वाईवाले जानकारी दिईन् ।
यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम
क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो