प्रलेस ३ नम्बर प्रदेश अध्यक्षमा मकवानपुरका मुक्तान थेबा

१० चैत्र २०७५, आईतवार १७:३९

हेटौँडा, १० चैत । प्रगतिशिल लेखक संघ (प्रलेस) प्रदेश नम्बर ३ को प्रथम सम्मेलनबाट अध्यक्षमा मकवानपुरका चर्चित कवि मुक्तान थेबा चयन भएका छन् । केही समय अघि मात्रै ‘काकलिङ’ र ‘अखण्ड आलाप’ कविता संग्रह प्रकाशित गरेर थप चर्चामा आएका उनी एक शसक्त कविका रुपमा चर्चित छन् ।

शनिबार काठमाडौँमा भएको सम्मेलनबाट मुक्तान थेबा निर्विरोध चयन हुँदै २७ सदस्यीय प्रदेश समिति चयन गरिएको हो । मुक्तान थेबासँगै मकवानपुरका अर्का दुई जना साहित्यकार पनि समितिका पदाधिकारी भएका छन् । छन्द कविता र गजलमा समेत बलियो दख्खल राख्ने मकवानपुरे कवि साहित्यकार पुरुषोत्तम आचार्य समितिको सहसचिव पदमा चयन भएका छन् । गजल वाचन र कविता वाचनको मिठो शैली बोकेका उनी चर्चित साहित्यकार हुन् । त्यस्तै मकवानपुरकी अर्का साहित्यकार शान्ति प्रिय बन्दना सचिवालय सदस्यमा चयन भएकी छिन् ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*