तामाङ चलचित्र ‘ए बिना’ को दुई गीत सार्वजनिक

१० चैत्र २०७५, आईतवार ०७:००

हेटौँडा, १० चैत । तामाङ कथानक चलचित्र ‘ए बिना’ को दुई वटा गीतहरु सार्वजनिक गरिएको छ । चलचित्रका ‘अधुरो ताजी’ र ‘एला माया ताबा’ बोलको गीतहरु सार्वजनिक गरिएको हो । डम्फु मिडियाको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको दुई गीत मध्ये अधुरो ताजी वियोगान्त गीत र ‘एला माया ताबा’ बोलको गीत रोमान्टिक जेनरका छन् ।

सार्वजनिक भएको दुबै गीतमा विशाल थिङ र बबिता पाख्रिनको आवाज समावेश गरिएको छ । दुबै गीत विशाल थिङकै शब्द संगीतमा तयार भएको हो । ‘अधुरो ताजी’ बोलको गीतमा प्रेम वियोगको भावलाई समावेश गरिएको छ । आफ्नो प्रेमी–प्रेमिकासँग भएको बिछोडमा विक्षिप्त भएको प्रेमिल जोडीको कथा गीतमा समावेश छ । उक्त गीतलाई सार्वजनिक भएको थोरै समयमा नै करिब २ हजार पटक हेरिएको छ । त्यस्तै एला माया ताबा बोलको गीतलाई ४ हजारभन्दा बढी पटक हेरिएको छ ।

संगीत फिल्म्सको ब्यानरमा बनेको चलचित्रमा वसन्त लामा स्याङ्तान, सुष्मा मोक्तान, विजय तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । निरज लामा, बसन्त लामा र धनबहादुर तामाङको निर्माणमा बनेको चलचित्रलाई विजय तामाङले निर्देशन गरेका हुन् । सन्तोष पिथकोटे मगर र निरोज लामाको सिनेम्याटोग्राफी रहेको चलचित्रमा विजय तामाङले कोरियोग्राफी सम्हालेका छन् । हेरौँ गीतका भिडियोहरु–

अधुरो ताजी

एला माया

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*