तामाङ चलचित्र ‘ए बिना’ को वियोगान्त गीत सार्वजनिक

१० चैत्र २०७५, आईतवार ०६:४०
Tamang Movie A Bina-Murchunga TV

हेटौँडा, १० चैत । तामाङ कथानक चलचित्र ‘ए बिना’ को वियोगान्त गीत सार्वजनिक भएको छ । ‘अधुरो ताजी’ बोलको गीतमा प्रेम वियोगको भावलाई समावेश गरिएको छ । आफ्नो प्रेमी–प्रेमिकासँग भएको बिछोडमा विक्षिप्त भएको प्रेमिल जोडीको कथा गीतमा समावेश छ । डम्फु मिडियाको युट्युब च्यानल मार्फत सार्वजनिक गीतलाई सार्वजनिक भएको थोरै समयमा नै करिब २ हजार पटक हेरिएको छ ।

विशाल थिङ र बबिता पाख्रीनको सुमधुर आवाज तयार भएको गीतमा विशाल थिङकै शब्द र संगीत छ । संगीत फिल्म्सको ब्यानरमा बनेको चलचित्रमा वसन्त लामा स्याङ्तान, सुष्मा मोक्तान, विजय तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । निरज लामा, बसन्त लामा र धनबहादुर तामाङको निर्माणमा बनेको चलचित्रलाई विजय तामाङले निर्देशन गरेका हुन् । सन्तोष पिथकोटे मगर र निरोज लामाको सिनेम्याटोग्राफी रहेको चलचित्रमा विजय तामाङले कोरियोग्राफी सम्हालेका छन् । हेरौँ भिडियो–

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*