मकवानपुरकी शान्ति लामा र जुना थिङ सहित १५ महिला बेपत्ता

मकवानपुर, ९ चैत । मकवानपुरका १३ विवाहित सहित १५ जना महिलाहरु बेपत्ता भएका छन् । गएको फागुन महिनामा नै उनीहरु बेपत्ता भएका हुन् । मकवानपुरको बकैया गाउँपालिका १ धियालकी विवाहित २४ वर्षीया शान्ति लामा र बाग्मती गाउँपालिका २ की जुना थिङ घरबाट माघ २५ गते हेटौँडा घुम्न आएका थिए । तर ३५ दिन हुँदा पनि उनीहरु बेखबर छन् । दुवैको घरमा चार वर्ष पुग्दै गरेको एक–एक जना छोरी छन् तर नातेदार समेत रहेका उनीहरु बेपत्ता भएका छन् । उनीहरूका पति रोजगारीका लागि मलेसियामा छन् ।
त्यस्तै भीमफेदी गाउँपालिका भैंसेकी २४ वर्षीया विवाहित सृजना विक दुई महिनादेखि बेपत्ता छिन् । उनका पति सुमन विकलाई विदेशबाट फर्कने समयमा पतिलाई लिन भनेर काठमाडौँ जान्छु भनेर उनी घरबाट निस्किएकी उनका ससुराको दाबी छ । उनका २ र ४ वर्षका दुई छोरा छन् । त्यस्तै हेटौँडा बसामाडीकी १९ वर्षीया सुनिता घिमिरे विदेश जान्छु भनेर हिँडेकोमा ५ महिनादेखि बेपत्ता छिन् । मकवानपुर गढी सुकौराका लक्ष्मण भ्लोनको पनि पत्नी तीन साता अघिदेखि घरबाट बेपत्ता भएकी छिन् । चालू आवको ८ महिनामा मकवानपुरका ४५ जना अविवाहित सहित १ सय ६२ जना महिला हराएका छन् । भने ३३ जना बालिकासहित ३९ जना बालबालिका बेपत्ता छन् । हराएकामध्ये ८२ जना महिला र २८ जना बालबालिका फेला परेका छन् । (खबर ब्रेकको सहयोगमा)
यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम
क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो