एसईई परीक्षामा मनहरीबाट ४ सय ७६ जनाले परीक्षा दिने

मकवानपुर, ९ चैत । चैत १० गतेदेखि हुन गईरहेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पश्चिम मकवानपुरको मनहरीबाट ४ सय ७६ जना विद्यार्थीहरु सहभागी हुने भएका छन् । मनहरीमा रहेको २ वटा परीक्षा केन्द्रबाट उनीहरुले परीक्षा दिने तय भएको मकवानपुरबाट सञ्चारकर्मी जयराम मुक्तानले जानकारी दिएका छन् ।
पश्चिम मकवानपुरको मनहरी ७ मा रहेको राष्ट्रिय रोटरी मावि परीक्षा केन्दबाट २ सय ३९ र मनहरी ८ मा रहेको महेन्द्र किरण माविबाट २ सय ३७ परीक्षा र्थीहरु परीक्षामा सहभागी हुँदैछन् । परीक्षाका लागि सम्पुर्ण तयारी पुरा भएको छ । परीक्षा मर्यादित र शान्तिपूर्ण रुपमा सञ्चालन गर्नका लागि इलाका प्रहरी कार्यालय मनहरी, स्थानिय बुद्धिजिवी तथा स्थानिय जनप्रनिधीहरुले समन्वय गरेको राष्ट्रिय रोटरी माविका केन्द्राध्यक्ष पुरुषोत्तम आचार्यले जनाकारी दिए । त्यस्तै महेन्द्र किरण मावि केन्द्रमा पनि मर्यादित रुपमा परीक्षा सञ्चालनको लागि सबै तयारी गरिएको महेन्द्र किरण परीक्षा केन्द्राध्यक्ष राधेलाल मण्डलले जानकारी दिए । मनहरीको परीक्षा केन्द्रमा कैलाश गाउँपालिका तथा राक्सिराङ गाउँपालिकाका २२ वटा विद्यालयका विद्यार्थीहरु सहभागी हुनेछन् ।
आईतबार बिहान ८ बजेबाट शुरु हुने परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ । परीक्षार्थीहरुमध्ये २ लाख ३६ हजार ४४५ छात्र र २ लाख ३८ हजार ५५८ छात्रा रहेका छन् । परीक्षामा सबैभन्दा बढी प्रदेश नं ३ बाट १ लाख ६०२ परीक्षार्थी र सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६२४ परीक्षार्थी सहभागी हुँदैछन् ।
यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम
क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो