मनहरीमा मदिरा र जुवा बन्द गर्ने प्रतिबद्धत्ता

९ चैत्र २०७५, शनिबार १८:३६

मकवानपुर, ९ चैत । पश्चिम मकवानपुरको मनहरीमा मदिरा तथा जुवातास हटाउनका लागि सरोकारवालाहरुले प्रतिबद्धत्ता जनाएका छन् । शनिबार भएको गाउँपालिका स्तरीय अन्तरक्रियामा उपस्थित भएका वक्ता र सहभागीहरुले यस्तो प्रतिबद्धत्ता जनाएको मनहरीबाट सञ्चारकर्मी जयराम मुक्तानले जानकारी दिएका छन् ।

गाउँपालिकाले जुवातास तथा मदिराको समस्या निर्मुल पार्नका लागि सामुदायिक प्रहरी तथा स्थानिय जनप्रतिनिधीहरुसंगको समन्वयमा ९ वटै वडामा मदिरा तथा जुवातास विरुद्धको अभियान सञ्चालन गर्ने भएको छ । उक्त अभियान चैत्र ११ गते देखी १५ गते सम्म सञ्चालन गर्ने तयारी गरिएको उपाध्यक्ष मनिला विष्टले बताईन् । गाउँपालिकाको आयोजनामा भएको कार्यक्रम गाउँपालिका भित्र मदिरा तथा जुवातासका कारण भइरहेको विभिन्न घटनाहरुलाई निर्मुल पार्नका लागी आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष बिष्टले जानकारी दिईन् । कार्यक्रममा सहभागी भएका जनप्रतिनिधी तथा प्रहरी प्रशासनले सुर्ति ,मदिरा जन्य तथा जुवा जस्ता बिकृति फैलाउने खालका क्रियाकलापहरुलाई निर्मुल पार्ने प्रतिबद्धता जनाएका छन् ।

मदिरा जुवातास तथा सुर्तिजन्य पदार्थको प्रयोगबाट बिशेष गरि महिला तथा बालबालिका प्रभावि भएको बताए । महिला तथा बालबालिका हिंसामा पर्नुको कारक तत्व लागु पदार्थ तथा मादक पदार्थको सेवन रहेको सहभागीहरुले बताए । मनहरी गाउँपालिका भित्र रहेका बालबालिकाहरु आफ्ना अभिभावकहरु जुवातास तथा मादक पदार्थ प्रति बढी आकर्षित भएका कारण उनीहरुमा पनि त्यस्तै लत लागेको सहभागीहरुले बताएका छन् । जुवातास र मादक पदार्थ सेवनका कारण बालबालिकाको शिक्षा, स्वास्थ्य तथा सामाजिक रुपमा समस्या उत्पान्न भएको सहभागीहरुले बताए । अभिभावकहरु मादक पदार्थ लगाएतका कुलतमा फसेपछि बालबालिका तथा सामाजिक रुपमा बिचलन आएको समेत बताइएको छ । विचलनकै कारण बालबालिकाहरु बिद्यालय छाड्ने , बालविबाह गर्ने तथा बालश्रम गर्न बाध्य भएको पाईएको छ ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*