मनहरीको गोगनपानीमा जनतासँग संवाद

९ चैत्र २०७५, शनिबार ०८:३७

हेटौँडा, ९ चैत । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ गोगनपानीमा जनतासँग संबाद कार्यक्रम सम्पन्न भएको छ । १ नम्बर वडाको आयोजनामा जनताको चासो र समस्यहरुको बारेमा जनप्रतिनिधीहरुसँग छलफल कार्यक्रम गरिएको मनहरीबाट सञ्चारकर्मी जयराम मुक्तानले जानकारी दिएका छन् । स्थानिय सरकार गठन भएको २ वर्ष भइसक्दाको समयमा जनताको समस्याहरु र आवश्यकताका आधारमा समस्याहरुको बारेमा स्थानिय सरकारका प्रतिनिधीहरुसँग प्रत्यक्ष रुपमा सेवाग्राहीहरुले छलफलमा भाग लिएका थिए ।

सानोतिनो रुपमा विकास निर्माणका कार्यहरु अगाडी बढे पनि उक्त स्थानको जनताहरुको मुख्य समस्याहरुको भने सम्बोधन नभएको पाईको छ । छलफल कार्यक्रममा भाग लिएका सेवाग्राहीहरुले मुख्य समस्याको रुपमा रहेको खानेपानी तथा बिजुली बत्तिको भोल्टेजको समस्यालाई स्थानिय सरकारले सम्बोधन नगरेको भन्दै दुखेसो पोखे । वडा नम्बर एकको सबै क्षेत्रमा हालको मुख्य समस्याको रुपमा खानेपानी र बिजुलीको आपुर्ति रहेको छ । सबै जसो क्षेत्रका स्थानियहरुले दैनिक रुपमा २ घण्टाको पैदल यात्रा गरी चकरी घट्टेखोलाको पानी ल्याउनुपर्ने बाध्यता रहेको छ । दैनिक रुपमा खोलाको पानि प्रयोग गर्दा स्वास्थ्यमा असर हुने त्यक्तिकै सम्भावना रहि आएको छ । त्यसै गरि उक्त स्थानको स्थानियहरुले बिजुली बत्तिमा कम भोल्टेज प्रवाहका कारण दैनिक रुपमा विद्यूतिय सामाग्रीहरु सहजै प्रयोग गर्न सकिरहेका छैनन् । बत्ति पँखा तथा अन्य विद्युतिय सामाग्रीहरु प्रयोग गर्न नपाए सँगै त्यहाँका स्थानीयहरु आजित भएका छन् ।

हाल रहेको २५ केभीको ट्रान्सफर्मरले उपयुक्त रुपमा बिजुलीलाई प्रवाह गर्न सकिरहेका छैनन्. । बिजुलीको भोल्टेज बृद्धिका लागि ५० केभीको ट्रान्सफर्मर आवश्यक रहेको छलफलमा सहभागी स्थानियहरुले बताए । योजना छनौटको समयमा यस्ता खालका योजनाहरु पास भएता पनि उक्त स्थानको सेवाग्राहीले आफना् योजनाहरु सम्पन्न गराई सहजै पानी तथा बिजुली बत्ति प्रयोग गर्न पाइरहेका छैनन् । छलफलका क्रममा उठेका समस्याहरुको बारेमा प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य ओम घलान, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती तथा उपाध्यक्ष मनिला बिष्ट लगाएतकाले समस्याहरुको बारेमा सम्बोधन गरेका थिए । कार्यक्रममा वडा नम्बर १ का विभिन्न स्थानका स्थानियहरुको उपस्थिति रहेको थियो ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*