ज्यामिरे सामुदायिक वनको दशौँ वार्षिक साधारण सभा सम्पन्न

९ चैत्र २०७५, शनिबार ०८:२७

हेटौँडा, ९ चैत । ममकवानपुरको मनहरी ९ मा रहेको ज्यामिरे मध्यवर्ति सामुदायिक वन उपभोक्ता समुहको दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । समुहका अध्यक्ष सिताराम अर्यालको सभाध्यक्षता तथा मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीको प्रमुख आतिथ्यतामा भएको मनहरीबाट सञ्चारकर्मी जयराम मुक्तानले जानकारी दिए ।

कार्यक्रममा वन समुहका उपाध्यक्ष राजकुमार राईले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । समुहका सचिव दीपक पुलामी मगरले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ति उपभोक्ता समुह मनहरीका अध्यक्ष पदम बहादुर तितुङ ,सामुदायिक वन उपभोक्ता महासंघ मनहरीका अध्यक्ष हेमलाल उप्रेती , वन्यजन्तु चोरी सिकारी नियन्त्रण युवा जागरण मनहरीका अध्यक्ष बिमला कार्की , मनहरी गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष साधुराम अधिकारी ७ नम्बरका अध्यक्ष ठाकुर तितुङ तथा उपभोक्ताहरुको उपस्थिति रहेका थिए ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*