तितुङ तामाङहरुको बृहत भेला मकवानपुरमा हुने

९ चैत्र २०७५, शनिबार ०८:१०

हेटौँडा, ९ चैत । नेपाल तामाङ तितुङ समाजको बृहत राष्ट्रिय भेला मकवानपुरको हेटौँडामा हुने भएको छ । चैत १ गते हेटौँडाका अभियानकर्मी देवेन्द्र लामाको निवास हेटाँैडा २ शान्ती मार्गमा बसेको तितुङ बन्धुहरुको भेलाले सो निर्णय गरेको हो । नेपाल तामाङ घेदुङ मकवानपुर जिल्ला समितिका भूपू अध्यक्ष बुद्धरत्न लामाको अध्यक्षतामा भएको भेलाले राष्टिय (केन्द्रिय) स्तरको तितुङ संगठन निर्माण गर्ने उद्देश्यले चैत्र ११ गते बिहान ११ बजे हेटौँडा २ स्थित बनस्खण्डीमा अवस्थित सामुदायिक वनको भवनमा औपचारिकरुपमा बृहत राष्ट्रि«य स्तरको भेला गर्ने निर्णय गरेको हो ।

भेलाका लागि हर्करत्न लामाको संयोजकत्वमा तितुङ बन्धु भेला आयोजक समितिको गठन समेत गरिएको छ । संयोजक लामाले एक प्रेस विज्ञप्ति जारी गर्दै सबै तितुङ तामाङहरुलाई उक्त भेलामा सहभागी हुन आग्रह गरेका छन् । उक्त भेलाबाट एक तदर्थ समिति गठन गरि विधिवत विधान सहितको सम्बन्धित निकायमा ंगठन दर्ता गरी तितुङ वंशको सामाजिक, आर्थिक, राजनीतिक रुपान्तरणको लागि प्रयास गरिने बताइएको छ । साथै आपसी सद्भाव भाईचारालाई सुदृढ बनाउन संगठनले भूमिका खेल्ने दाबी गरिएको छ । संगठन निर्माण पश्चात वौद्ध परम्परा अनुसार गरिआएको लामा धमर्, संस्स्कृति विधि परम्परालाई समय अनुरुप व्यवस्थित गर्दै लैजाने, तितुङ वंश भित्रका परिवारलाई, आर्थिक रुपमा पछि परेकाहरुलाई सामुहिक रुपमा सहयोग गरि आर्थिक स्तरमा वृद्धि गर्न सहयोग पुरयाउने, हाल सम्म छरिएर रहेका तितुङ वंश भित्रका राजनीतिक, सामाजिक रुपमा अग्र पंतिmमा रहेका व्यतिmहरुलाई संगठानिक रुपमा सहयोग, सद्भाव राख्ने बताइएको छ । नेपाल सरकारले सुचिकृत गरेका ५९ आदीबासी जनजाति मध्यमा पर्ने तामाङ जाति अर्थात तामाङ भित्र पर्ने विभिन्न थरहरु मध्ये तितुङ पनि एक हो । नेपालको संविधानले पनि सवै किसिमका समुह, जाती,वर्गलाई आ–आफनो हक हितको निमित्त संगठन निर्माण गरि संगाठानिक रुपमा अघि बढ्न अधिकार प्रधान गरि सकेको सन्दर्भमा तितुङ वंशले संगठन मार्फत सभ्य समाजको निर्माण तथा सामाजिक, आर्थिक, राजनितिक रुपमा सवल बनाउदै समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाई सार्थकता दिन सक्ने छ भन्ने कुरामा आफुहरु विश्वस्त रहेको समाजले दाबी गरेको छ ।

भेलाले तदर्थ समिति गठन गर्ने, संगठनको नामाकरण गर्ने, विधान मस्यौदा समिति गठन गर्ने बताईको छ । त्यस्तै विधानमा आपसि एकता, सद्भाव भाइचारा कायम गर्ने, बौद्ध परम्परा अनुसार गरिने कर्मकाण्डलाई समयानूकूल बनाउने, धर्म सस्ंकार सस्ंकृति प्रति नयां पीडिलाई आकर्षण गर्ने, गराउने, कला साहित्य प्रति चासो राख्ने तथा सम्बन्धित बिधामा रुचि राख्नेहरुलाई सहयोग गर्ने, जेहेन्दार मिहेनती, पढाईमा अब्बल विद्यार्थीहरुलाई सहयोग गर्ने, दैबिक प्रकोप तथा भइपरि आउने जस्तोसुकै संकटलाई पनि सामुहिक रुपमा हल गर्ने, प्रत्येक वर्ष मावि देखि उच्चशिक्षा सम्मका वंश उच्च विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कारको व्यवस्था गर्ने, तितुङ समाजलाई देश तथा बिदेश सम्म संगठन बिस्तार गर्ने, गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृद्धिको व्यवस्था गर्ने, आर्थिक उन्नति एवम् बृद्धि विकासको लागि सहयोग गर्ने लगायतका बुँदाहरु अनिवार्य समावेश गर्ने पनि बताईको छ । तस्बिर– फाईल तस्बिर

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*