यस्तो बन्यो ‘ए मेरो हजुर ३’ को नयाँ गीत

८ चैत्र २०७५, शुक्रबार १९:३५

हेटौँडा, ८ चैत । नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर ३’ को दोस्रो गीत सार्वजनिक भएको छ । बुढासुब्बा डिजिटलमार्फत शुक्रबार सार्वजनिक भएको ‘पराना’ बोलको गीतलाई सार्वजनिक गरिएको ६ घण्टामा नै ३ लाख ११ हजार पटकभन्दा बढी हेरिएको छ । यो सामाग्री तयार पार्दाको समयमा गीतमा २९ हजार लाईक, करिब २ हजार डिसलाईक र करिब ३ हजार ३ सय वटा कमेन्टहरु गरिएका छन् ।

नायिका झरना थापा र निर्माता सुनिल कुमार थापाकी छोरी सुहाना थापाको डेब्यू चलचित्रको यस अघि नै पहिलो गीत र टिजर सार्वजनिक भइसकेको छ । गीतमा अनमोल केसी, सुहाना थापा र सलोन बस्नेत लगायतका कलाकारहरुलाई फिचरिङ गरिएको छ । आशिष अविरल र अञ्जु पन्तको आवाज रहेको गीतलाई आनन्द अधिकारीले लेखेका हुन् । गीतमा आशिष अविरलकै संगित र संगीत संयोजन छ । झरना थापाको निर्देशन र सुनिल कुमार थापाको निर्माणमा बनेको चलचित्रमा अनमोल, सुहाना र सलोनका साथमा अर्पण थापा, रबिन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रेअर राई, सरोज खनाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

झरना थापा र सुमन पौडेलको कथा रहेको चलचित्रमा चेतन गुरुङ,बाबुराम दाहाल, सुमन पौडेल र प्रतिक पौडेलले स्क्रीन प्ले र डाईलग लेखेका छन् । उदयराज पौडेलको एरेन्जमा निर्माण गरिएको गीतहरुमा आशिष अविरल, कल्याण सिंह, कोशिष क्षेत्री, प्रतिक पौडेल र पुष्पन प्रधानको संगीत छ । हिमाल केसीको द्वन्द समावेश चलचित्रमा कविराज गहतराज, रामजी लामिछाने, प्रविण सिंह र राहुल शाहको कोरियोग्राफी हेर्न सकिन्छ । सैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर समावेश चलचित्रमा सत्यम राना र अच्यूत बजागाईले भिएफएक्स गरेका छन् । हेर्नुहोस् गीत–

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*