बहादुरसिंह तामाङले खोले गाई मार्ने देखि नाम बिगार्ने सम्मको नालीबेली (भिडियो)

८ चैत्र २०७५, शुक्रबार १५:५८
Featured Video Play Icon

हेटौँडा, ८ चैत । प्रदेश नम्बर ३ का प्रदेशसभा सांसद बहादुरसिंह तामाङले गाई मार्नेदेखि तामाङ भाषाको नामलाई बिगार्नेहरुको नालीबेली खोलेका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश ३ को प्रथम महाधिवेशनमा उनले माओवादीले नै १० वर्षे जनयुद्धमा गाई काट्नुपर्छ भनेर सिकाएको तर अहिले सत्तामा पुगेपछि गाई मार्न नपाउने कानुनप्रति एक शब्द पनि नबोलेको आरोप लगाएका छन् । उनले गाई काट्नुपर्छ भनेर सिकाउने दलले नै सरकारमा पुगेपछि गाई काट्नेलाई जेलमा हाल्नुपर्छ भन्नु लज्जास्पद भएको बताए । हेर्नुहोस् भिडियो–

उनले विभिन्न स्थानमा काम गर्ने कर्मचारीहरुले भाषिक समस्याका कारण व्यक्तिको नाम, थर देखि स्थानको नाम पनि परिवर्तन गरिदिएको बताएका छन् । उदाहरणका लागि नुवाकोटमो मानेगाङलाई मानेगाउँ, म्यागङलाई मेघाङ , टुपचेतलाई तुप्चे, फ्युक्पोह्रीलाई फिकुरी, करग्युङगङलाई कार्की गाउँ र ग्युरूलाई गोगने बनाईएको बताएका छन् । त्यस्तै ज्यारुङखस्योरलाई बौद्धनाथ, सिङ्ग्नलाई स्वयम्भुनाथ, लाप्साङकर्पोलाई गणेश हिमाल भनेर नामाकरण गरिएको छ ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*