स्कुटी दुर्घटना हुँदा मकवानपुरकी लक्ष्मीको निधन

८ चैत्र २०७५, शुक्रबार १५:४४

हेटौँडा, ८ चैत । बिहीबार राति भएको स्कुटी दुर्घटनामा मकवानपुरको बाग्मती गागउँपालिका वडा नम्बर ५ की १७ वर्षीया लक्ष्मी केसीको मृत्यू भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नंबर १५ चुरीयामाई नजिकै रहेको पुलमास्कुटी दुर्घटना हुँदा उनको ज्यान गएको हो ।

ना ५२ प ९४३८ नम्बरको स्कुटी दुर्घटना हुँदा स्कुटीको पछाडी सवार केसीको ज्यान गएको हो । हेटौँडा क्याम्पसमा कक्षा १२ मा अध्ययरत केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले पुष्टि गरेको छ । स्कुटी चलाएका हेटौंडा ७ का २० वषीय भुषण चौलागाई भने गम्भिर घाईते भएको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*