युट्युब ट्रेण्डिङमा परेका ७ चलचित्रहरु (भिडियो सहित)

हेटौँडा, ८ चैत । युट्युबको नेपाल भर्सनमा कयौँ चलचित्रहरु ट्रेण्डिङ पर्ने गरेका छन् । नेपाली चलचित्रको तुलनामा हिन्दी र साउथ भर्सन चलचित्रहरु छिटो र धेरै रिलिज हुने कारणले गर्दा हरेक दिन युट्युबमा हिन्दी चलचित्रहरु ट्रेण्डिङमा पर्ने गरेका छन् । यो सामाग्री तयार पार्दाको समयमा पनि युट्युबमा ७ वटा हिन्दी चलचित्रहरु ट्रेण्डिङमा छन् । ती चलचित्रहरुको बारेमा यहाँ भिडियो सहित चर्चा गरिएको छ ।
१) ड्यासिङ सिएम भरत–साउथ सुपरस्टार महेश बाबुको चलचित्र नेपाली युट्युब ट्रेण्डिङमा परेको छ । ‘भरत अने नेनु’ को हिन्दी भर्सन ‘ड्यासिङ सिएम भरत’ यो सामाग्री तयार पार्दाको समयमा युट्युब ट्रेण्डिङको पहिलो नम्बरमा छ । चलचित्रमा महेश बाबुसँगै प्रकाश राज, सरथ कुमार, रवि शंकर, सितारा लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो सामाग्री तयार पार्दाको समयमा चलचित्रलाई ८ करोड ४८ लाख ५ हजारभन्दा बढी पटक हेरिएको छ । चलचित्रमा १ लाख ६१ हजार लाईक र ७ हजार डिसलाईकहरु गरिएका छन् । चलचित्रमा ७ हजारभन्दा बढी कमेन्टहरु गरिएका छन् । चलचित्रको लिंक सामाग्रीको अन्तिममा राखिएको छ ।
२) आर.एक्स १००– युट्युब ट्रेण्डिङमा परेको दोस्रो चलचित्र पनि साउथ ईण्डियन चलचित्र हो । आर.एक्स १०० नामक यस चलचित्र युट्युब ट्रेण्डिङको दशौँ नम्बरमा छ । कार्तिकेयको मूख्य भूमिका रहेको चलचित्रमा पायल राजपुत पनि छन् । यो सामाग्री तयार पार्दासम्मको समयमा यस चलचित्रलाई १ करोड ९६ हजारभन्दा बढि पटक हेरिएको छ । चलचित्रमा ९७ हजार लाईक र ७ हजार डिसलाईक गरिएका छन् । चलचित्रमा ६ हजारभन्दा बढी कमेन्ट गरिएका छन् । चलचित्रको लिंक सामाग्रीको अन्तिममा राखिएको छ ।
३) जुर्माना– युट्युब ट्रेण्डिङको १६ औँ नम्बरमा रहेको जुमार्ना तेलुगु चलचित्रको हिन्दी भर्सन हो । सर्वानन्द, लावण्य त्रिपाठी लगायतको अभिनय रहेको यस चलचित्रलाई चन्द्र मोहनले लेखन निर्देशन गरेका हुन् । तेलुगु भाषामा यो चलचित्रको टाईटल राधा रहेको छ । चलचित्रलाई यो सामाग्री तयार पार्दाको समयमा ७२ लाख ४५ हजारभन्दा बढी पटक हेरिएको छ । चलचित्रमा ६३ हजार लाईक र ५ हजारभन्दा बढी डिसलाईक गरिएका छन् । चलचित्रको लिंक सामाग्रीको अन्तिममा राखिएको छ ।
४) रअ अफिसर– युट्युब ट्रेण्डिङको ३२ औँ स्थानमा रहेको यो चलचित्रमा भिजय, समान्था, एमी ज्याक्सन लगायतका कलाकारहरुको अभिनय रहेको छ । हिन्दीमा डब गरिएको यस चलचित्रलाई ७३ लाख ५७ हजारभन्दा बढी पटक हेरिएको छ । चलचित्रमा ३३ हजार लाईक र करिब ५ हजार डिसलाईक गरिएका छन् । चलचित्रको लिंक सामाग्रीको अन्तिममा राखिएको छ ।
५) डिस्को राजा– युट्युब ट्रेण्डिङको ३७ औँ स्थानमा रहेको यो चलचित्र तमिल चलचित्र ‘भेल्लाईनु भन्थुट्टा भेल्ला करण’ को हिन्दी डब भर्सन हो । चलचित्रमा विष्णु विशाल, निक्की गल्रानी, सुरी, रोबो शंकर लगायतका कलाकारहरुको अभिनय रहेको छ । यस चलचित्रलाई ६७ लाख ३९ हजार भन्दा बढीपटक हेरिएको छ । त्यस्तै ५२ हजार लाईक र करिब ६ हजार डिसलाईक गरिएका छन् । चलचित्रको लिंक सामाग्रीको अन्तिममा राखिएको छ ।
६) थन्डर– युट्युब ट्रेण्डिङको ३८ औँ स्थानमा रहेको यो चलचित्र साउथको हिन्दी डब भर्सन हो । चलचित्रमा आर.के., नितुचन्द्रा, इनिया लगायतका कलाकारहरुको अभिनय रहेको छ । यस चलचित्रलाई १ करोड ८२ हजार भन्दा बढीपटक हेरिएको छ । त्यस्तै ४४ हजार लाईक र करिब ९ हजार डिसलाईक गरिएका छन् । चलचित्रको लिंक सामाग्रीको अन्तिममा राखिएको छ ।
७) डन ३– युट्युब ट्रेण्डिङको ४७ औँ स्थानमा रहेको यो चलचित्र साउथको हिन्दी डब भर्सन हो । चलचित्रमा प्रभास, अनुष्का सेठ्ठी, नमिथा लगायतका कलाकारहरुको अभिनय रहेको छ । यस चलचित्रलाई १ करोड ४२ लाख ७ हजार भन्दा बढीपटक हेरिएको छ ।
हेर्नुहोस् चलचित्रहरु–
१) ड्यासिङ सिएम भरत
२) आर.एक्स १००
३) जुर्माना
४) रअ अफिसर
५) डिस्को राजा
६) थन्डर
७) डन ३
यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम
क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो