मुटुदेखि मुटुसम्म भाग–३ अन्धकार रातको सपना अनि प्रेम

७ चैत्र २०७५, बिहीबार ०८:३८
Featured Video Play Icon

चन्द्र घलान, हेटौँडा, ७ चैत । जब जब रात छिप्पिँदै जान्छ तब आफ्नो मान्छेको याद अझ बढ्दै जान्छ । भौगोलिक रुपमा जतिसुकै टाढा भए पनि ,हामी आफ्नो मान्छेको यादमा झोक्राएर बसिरहेका हुन्छौँ एक्लै, निरश अनि अँध्यारो कोठाको चार भित्ताहरुको बिचमा कैदी झँै । चिसो रातको प्रहर परिवर्तनसँगैँ झन्झन याद बढ्दै जान्छ । सायद आकाशको जुनले पनि चिहाउँदो हो हाम्रो निरश मुहारमा अनि खोज्दो हो सधैँ हाम्रो छेवैमा बसेर राति जुनलाई निहाल्ने हाम्रो आफ्नो मान्छे कहाँ छ भनेर । सायद हाम्रो आफ्नो मान्छेलाई हाम्रो वरिपरि नदेख्दा त्यो जुन पनि निराश हुँदो हो , आकाशका ताराहरु पनि चुपचाप शान्तरुपमा झल्मलाउँदो हो । बाँकी हेरौँ भिडियोमा–

चिसो रातको सिरेटोले मुटु बिझाउँदा नरम हातको स्पर्शरुपी मलमपट्टीको याद झन–झन बढ्दै जान्छ । कोल्टे फेर्दै एकातिर फर्कन्छौँ अँहँ निदाउनै सक्दैनौँ हामी । यस्तो बेला हामी सोच्छौँ सायद हाम्रो आफ्नो मान्छे पनि यसरी नै तड्पिरहेको होला । उ पनि हाम्रो न्यानो अंगालोको अभावमा, हाम्रो प्रेमिल स्पर्शको अभावमा बालुवामा परेको माछा झैँ छट्पटाउँदो हो । हामीले एकटक हेरिरहने जुनलाई सायद हाम्रो आफ्नो मान्छेले पनि हेर्दो हो । अनि हामीले जस्तै आभाष गर्दो हो । उनले जुन हेरिहेको आभाष गर्नेबित्तिकै हाम्रो मुहार यो कल्पनाले हर्षित हुन्छ कि सायद हाम्रो आफ्नो मान्छेलाई पनि हाम्रो मुहारको झ–झल्को त्यही जुनमा देखिन्छ होला । जसरी हामी खुला आकाश मुनि उभिएर जुनलाई एकटक हेरिरहेका हुन्छौँ त्यसरी नै हाम्रो आफ्नो मान्छेले पनि त्यही जुनलाई कतै बसेर नियाल्दै होला । यस्तो बेला साँच्चै हामीलाई आफ्नो मान्छेको मुहारमा एकटक नियालेर हेरेको आभाष हुन्छ । आफ्नो मान्छेको निलो समुन्द्रझैँ नयनमा नयन मिलाएर हेर्दा जति रोमाञ्चक अनुभूति हुन्छ त्यति नै रोमाञ्चक अनुभूतिले हामीले मायालु आभाष दिलाईदिन्छ ।

कहिलेकाँही जुनसँगै टोलाएर बोलिन्छ, हाम्रो आफ्नो मान्छेको नाम मात्र लिँदा पनि उनको मायाको आभाषले झुम्छौँ हामी । शान्त रुपमा बहिरहेको हावाले शितलता प्रदान गर्दा आफ्नै मान्छेले छोएको आभाष गर्छौँ हामी । निस्पष्ट अन्धकार रातमा एकोहोरो गुञ्जीरहेको रातको आवाजमा कतै आफ्नै मान्छेको आवाज मिसिएको आभाष हुन्छ हामीलाई अनि घरिघरि कल्पिन्छ मुटु । किन ? आखिर किन म यति धेरै टाढा छु आफ्नो मान्छेबाट ? किन बाध्यताले खडा गरेको यो भौगोलिक दुरीले काँडाले झैँ बिझाउँछ ? किन यादहरुले आँखा र सिरानी भिजाउँछ ? किन यति धेरै याद आउँछ कसैको ? सक्ने भए यी हावाहरुसँगै मायाका आयामहरु अनि मायाका न्यानोपनहरु मिसाएर हाम्रो आफ्नो मान्छेसम्म पुराउँथ्यौँ होला हामी तर विवश यी रातहरुमा मनमै दबिन्छन् हाम्रा भावनाहरु अनि मायालु आभाषहरु । थाहा छैन तपाई के गर्नुहुन्छ यस्तो बेला तर जब जब म आफ्नी मान्छेलाई सम्झन्छु तब म खोज्छु एउटा माध्यम जसले पुराउन सकोस् मेरो मायाका आभाषहरु उनको मुटुले आभाष गर्ने गरी, जसले पुराउन सकोस् मेरा हरेक आँशुका अनुत्तरित प्रश्नहरु मुटुदेखि मुटुसम्म ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*