तेस्रो तामाङ चलचित्र महोत्सव काभ्रेमा हुने, ५ तामाङ चलचित्र प्रदर्शन गरिने

७ चैत्र २०७५, बिहीबार ०८:०३

हेटौँडा, ७ चैत । तेस्रो तामाङ चलचित्र महोत्सव काभ्रे जिल्लाको भकुण्डेबेसीमा हुने भएको छ । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकरले यही चैत्र २९ गतेदेखि आउँदो बैशाख १ गतेसम्म ३ दिने तामाङ चलचित्र महोत्सव हुने जानकारी दिएका हुन् ।

‘हाम्रो कला हाम्रो पन, तामाङ चलचित्र हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ हुने तेस्रो तामाङ महोत्सवमा २०७० सालपछि निर्माण भएका ५ वटा तामाङ चलचित्रहरु प्रदर्शन गरिने भएको छ । युट्युब मार्फत सार्वजनिक नभएका चलचित्रहरुलाई महोत्सवमा प्रदर्शन गरिनेछ ।

महोत्सवमा प्रदर्शन गरिने ५ चलचित्रमध्ये उत्कृष्ट एक चलचित्रलाई नगद सहित सम्मान गरिने समेत बताइएको छ । त्यस्तै तामाङ चलचित्रका विभिन्न विधाहरुमा विशेष योगदान दिएका व्यक्तीहरुलाई समेत महोत्सवका समयमा सम्मान गरिने आयोजकले जनाएको छ । महोत्सव सफल बनाउनका लागि भन्दै नेपाल तामाङ राष्ट्रिय घेदुङले २० हजार रुपैयाँ समेत सहयोग गरेको छ ।

पत्रकार सम्मेलनमा आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत कुमार सुनुवार, शैलुङ रिगसुम गोन्पो सेवा समाजका महासचिव कुमार थोकर, नेपाल तामाङ राष्ट्रिय घेदुङका महासचिव प्रविण बल तामाङ लगायतको उपस्थिति रहेको थियो ।

यस अघि पहिलो तामाङ चलचित्र महोत्सव चितवन र दोस्रो चलचित्र महोत्सव मकवनपुरमा गरिएको थियो । ‘पहिचानका लागि संस्कृति, संस्कृतिका लागि चलचित्र’ भन्ने मूल नाराका साथ २ दिन मकवानपुरको हेटौँडामा अवस्थित पल्पसा सभाहलमा दोस्रो तामाङ चलचित्र महोत्सवको आयोजना गरिएको थियो । दुई दिने उक्त महोत्सवमा १४ मिनेट देखि २ घण्टा ३० मिनेट सम्मका ५ वटा चलचित्र देखाईनुको साथै आईफाले निर्माण गरेको ‘पसिनाले सिचिएको भूमि’ नामक बृत्तचित्र समेत देखाइएको थियो ।

महोत्सवमा दर्शक छनौटको आधारमा एक चलचित्रलाई ‘मानध्वज लामा दर्शक छनौट पुरस्कार’ प्रदान गरिएको थियो । मानध्वज लामा नेपालको पहिलो तामाङ चलचित्र मेन्दोला मायाका निर्माता हुन् । महोत्सवमा सुकुमाया मोक्तानको पोङ, केवी घिसिङको ह्याङला, सदीप दोङको ह्युल्ला माया, राम जनकको दोर्जेला नाङ र सुजन लामाको गोदेवा चलचित्रलाई देखाइएको थियो ।


तस्बिरहरु–ह्याङ्ला तामाङ चलचित्र ज्याबा तामाङ चलचित्र पेजबाट

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*