गजल–म रोएँ

६ चैत्र २०७५, बुधबार ०९:४२
Nishu Rai-Murchunga TV

गजल

फुल्न नपाई कोपिलामैँ झरे पछि रोएँ
कति कति आसाहरु मरे पछि रोएँ ।

आफ्नो भन्नु को पो छ र ? स्वार्थी दुनियाँमा
यो दिल बाट अन्तै सरे पछि रोएँ ।

जब तिमले बाटो मोडेउ उही पल यता
बेदनाले यो जिन्दगी भरे पछि रोएँ ।

तिमले हान्यौ वचनवाणले अनायासै मेरो
मुटु भरी चोटहरु परे पछि रोएँ ।

–निशु राई , पाँचथर

(वि.सं. २०७५ चैत ५ गते रेडियो अनमोल ९० मेगाहर्जको कार्यक्रम ‘मुटुदेखि मुटुसम्म’ मा प्रशारित गजल)

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*