सफलता नेपाली बनिन् ‘मिस फेस अफ हेटौँडा’, सुजिना तामाङ फस्ट रनरअप र बसन्ती तितुङ बनिन् सेकेण्ड रनरअप

६ चैत्र २०७५, बुधबार ०६:०६
Miss Face of Hetauda Final -Murchunga TV 1

हेटौँडा, ६ चैत । मिस फेस अफ हेटौंडा २०१९ का ६ प्रतिष्पर्धीलाई पछी पार्दै सफलता नेपाली बिजेता घोषित भएकी छिन् । हेटौंडामा शनिबार राती सम्पन्न प्रतियोगिताको फाईनलमा निर्णायकको मन जित्दै १६ बर्षिया उनले उपाधी हात पारेकी हुन् ।

मिस फेस अफ हेटौंडाको उपाधीसँगै थाहा नगर ३ पालुङ्गकी उनले नगद २० हजार र उपहार पाईन् । प्रतियोगितामा सुजिना तामाङ फस्ट रनरअप र बसन्ती तितुङ सेकेण्ड रनरअप हुन सफल भईन् । तामाङले आकर्षक उपहार पाईन् भने तितुङले उपहारसँगै भ्युअर्स च्वाईस उपाधी र मिस फोटोजेनिक टाईटल पनि हात पारिन् । ६ टाईटल उपाधी प्रदान गरिएको प्रतियोगितामा पेमा तामाङले मिस बेस्ट स्कीन, दिप्सी भुसालले मिस हेयर, मोनिका ढकालले मिस बेस्ट कन्फीडेन्ट, सरुना ढुङ्गानाले मिस बेस्ट डिसिप्लीन टाईटल जित्न सफल भए ।

युवतीहरुको व्यक्तित्व विकास, मनोबल विकास र नारी सशक्तिकरण गर्ने उदेश्यले प्रतियोगिता गरिएको कार्यक्रम संयोजक रुएल सुनारले बताए । लिप्पो फेन्सीले आयोजना गरेको प्रतियोगिताको फाईनल प्रदेश नम्बर ३ की सांसद जुनेली श्रेष्ठको प्रमुख अतिथ्यमा भएको थियो । मोडल तथा नायिका प्रमिता राज्यलक्ष्मी शाह प्रमुख निर्णायक रहेको प्रतियोगितामा कोरियोग्राफर सोफिया फागो, मोडलहरु सद्दाम हुसेन, संकेत बस्याल र अनमोल जंग क्षेत्री निर्णायक रहेका थिए ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*