बोलेरो चालक थिङ मकवानपुरबाट पक्राउ

६ चैत्र २०७५, बुधबार ०५:५४
Bolero Gaja-Murchunga TV

हेटौँडा, ६ चैत । एक सय ३ किलो लागू औषध गाँजासहित एक जना बोलेरो चालक मकवानपुरबाट पक्राउ परेका छन् । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ९ बस्ने २४ वर्षीय पूर्णबहादुर थिङ ग १ ज ७२१९ नम्बरको बोलेरो र गाँजा सहित राक्सिराङ ५ बिर्खे खोलाबाट पक्राउ परेका हुन् ।

थिङले अपराध गरेको ठहरेमा लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम २ वर्ष देखि १० वर्ष सम्म कैद र १५ हजार देखि १ लाख सम्म जरिवाना र सवारी साधन समेत जफत हुने बताइएको छ । तर अहिले उनी अनुसन्धानको क्रममा भएकोले त्यो गाँजा उनकै थियो वा अरुको नै हो भन्ने बारेमा पत्ता लागेको छैन ।

सोमबार राति करिब साढे ११ बजेको समयमा विशेष सूचनाका आधारमा ३ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएका प्रहरी निरिक्षक पवन कुमार झासहितको टोलीले राक्सिराङबाट मनहरी तर्फ आउँदै गर्दा बोलेरो नियन्त्रणमा लिएका थिए । उक्त बोलेरो भित्र प्लास्टिकको ५ वटा बोरा भित्र चारपाटे आकारमा १३ वटा पोकामा जम्मा १०३ किलो लागु औषध गाँजा फेला परेको थियो ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*