होलीमा जबरजस्ती रङ दल्नेलाई मकवानपुर प्रहरीले कारवाही गर्ने

हेटौँडा, ६ चैत । होली पर्वमा जबरजस्ती रङ दल्ने र लोला हानेमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले कारवाही गर्ने चेतावनी दिएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै कसैको इच्छा विपरित जुनसुकै कार्य गरेमा कानुनको उल्लङ्घन भएको उल्लेख गर्दै कानुनको उल्लङ्घन गर्नेलाई कानुन बमोजिम कारवाही गरिने कार्यालयले स्पष्ट पारेको छ ।
होली पर्वलाई सभ्य शान्त र मर्यादित रुपले मनाउन आग्रह गर्दै होली मनाउने निहुँमा सामाजिक शान्ति र सद्भावलाई खलल पार्ने खालका गतिबिधी नगर्न प्रहरीले आग्रह गरेको छ । मादक पदार्थ, लागू औषध लगायतका अन्य नशालु पदार्थको प्रयोग नगर्न आग्रह गर्दै अमर्यादित तवरले सवारीसाधन नचलाउन र ट्राफिक नियमको पुर्ण पालना गर्न पनि प्रहरीले सजग गराएको छ ।
कसैलाई पनि जबर्जस्ती अबिर र र दल्ने एवम् छ्याप्ने कार्य नगर्न प्रहरीले आग्रह गरेको छ । त्यस्तै प्लास्टिक जन्य लोला हान्ने, फोहोर पानी र हिलो, मोबिल एवं अन्य हानिकारक चिजबस्तु नखेल्न, महिला बालबालिका लगायत बाटोमा हिड्ने यात्रुलाई अनावश्यक दुःख, हैरानी एवं कष्ट दिने कार्य नगर्न, अन्य असमाजिक गैर कानुनी कार्य नगर्न र आफुले रमाईलो गर्दा अरुलाई खराब असर पर्ने कार्य नगर्न पनि प्रहरीले आग्रह गरेको छ ।
यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?
मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे
क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो