मकवानपुरबाट ५ जना मानिसहरु पक्राउ

४ चैत्र २०७५, सोमबार १६:४७

हेटौँडा, ४ चैत । मकवानपुरका विभिन्न स्थानहरुबाट हातहतियार र लागुऔँषध सहित ५ जना मानिसहरु पक्राउ परेका छन् । ४५ केजी लागू औषध गाँजा र कार सहित ३ जना भारतीय नागरिक मकवानपुरको हेटौँडामा पक्राउ परेका छन् । आईतबार बिहान पक्राउ परेका भारतिय नागरिक भागलपुर बिहार बस्ने वर्ष ३० को बिष्णू कुमार साह, बर्ष २८ को अहमद गुल्जार र भारतको पुर्व चम्पारण मोतिहारी बस्ने बर्ष ३० की रेणु देवीलाई सोमबार प्रहरीले सार्वजनिक गरेको हो ।

हेटौँडा १५ पूर्वपश्चिम लोक मार्ग अन्तर्गत रातमाटेमा उनीहरुलाई गाँजा र डब्लुबि–०६–६३०९ नम्बरको कारसहित पक्राउ गरिएको हो । उनीहरुलाई लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम २ वर्ष देखि १० वर्ष सम्म कैद र १५ हजार देखि १ लाख सम्म जरिवाना हुने बताइएको छ । साथै उनीहरुको कार समेत जफत हुने प्रहरीले बताएको छ ।

आईतबार बिहान करिब पौने ९ बजेको समयमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएका प्रहरी निरिक्षक अरुण कुमार कुसवाह समेतको टोलीले हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको कारलाई रोकी जाँच गर्दा उक्त परिमाणको गाँजा फेला परेको थियो । कारको डिकीमा फल्स बटम बनाई लुकाई छिपाई राखेको अवस्थामा चारपाटे आकारका ३० वटा पोकामा गाँजा फेला परेको थियो ।

त्यस्तै ७८ किलो ५०० ग्राम लागू औषध गाँजा र २ नाल भरुवा बन्दुक सहित मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ७ बस्ने वर्ष २० को दिपसन भन्ने सर्गलाल प्रजा समेत पक्राउ परेका छन् । उनको साथबाट ६ वटा बोरा र सानो १ वटा प्लास्टिकको पोकामा लागू औषध गाँजा तथा भरुवा बन्दुक नालका साथै सानो एभरी डे ब्याट्री ३ थान, स–साना ढुङ्गाका टुक्रा २५ वटा, आल्मुनियमको १०० ऐम ऐल को बोतलमा १०० ग्राम बारुद र रोल पटका १ थान फेला परेको थियो ।

उनलाई राक्सिराङ गाउँपालिका वडा नम्बर ७ स्थित उनकै घरबाट पक्राउ गरिएको हो । उनको अपराध प्रमाणित भएमा लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम २ वर्ष देखि १० वर्ष सम्म कैद र १५ हजार देखि १ लाख सम्म जरिवाना हुनसक्ने बताइएको छ । त्यस्तै मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद ६ को हातहतियार तथा खरखजना कसुरमा ५ बर्ष सम्म कैद र ५० हजार रुपैया सम्म जरिवाना हुनसक्ने बताईको छ ।

प्रजाको घरमा लागू औषध गाँजा र हतियार लुकाई छिपाई राखेको छ भन्ने प्राप्त सुचनाको आधारमा चैत २ गते बिहान अन्दाजी ४ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्र.नि. पवन कुमार झा सहितको टोलीले प्रजाको २ वटा घरको खानतलासी गर्दा ३ वटा प्लास्टिकको बोरा र १ वटा प्लास्टिकको पोकामा लागु औषध गाँजा, भरुवा बन्दुक, ब्याट्री लगायतका सामाग्री र घरको चोटामाथी राखेको २ वटा प्लास्टिकको बोरामा लागु औषध गाँजा लगायतका सामाग्रीहरु फेला पारेको थियो ।

त्यस्तै मकवानपुरकै राक्सिराङ गाउँपालिका वडा नम्बर ७ बस्ने वर्ष ४५ को बलराम भन्ने चन्द्र बहादुर चेपाङ पनि लागू औषध गाँजा ६१ किलो ५०० ग्राम र भरुवा बन्दुक १ नाल सहित पक्राउ परेका छन् । उनले अपराध गरेको ठहर भएमा लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम २ वर्ष देखि १० वर्ष सम्म कैद र १५ हजार देखि १ लाख सम्म जरिवाना हुनसक्ने र मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद ६ को हातहतियार तथा खरखजना कसुरमा ५ बर्ष सम्म कैद र ५० हरार रुपैया सम्म जरिवाना हुनसक्ने छ । उनलाई पनि चैत्र २ गते बिहान न सूचनाका आधारमा घरबाटै पक्राउ गरिएको हो ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*