
प्रगति माविबाट एसईईमा सहभागीलाई प्रोत्सहान स्वरुप शुभकामना र कलम

हेटौँडा, ४ चैत । मकवानपुरको हेटौँडा ९ पशुपति नगरमा अवस्थित प्रगति माविबाट यस वर्षको एस.ई.ई. परिक्षामा सहभागी हुन लागेका विद्यार्थीहरुलाई प्रोत्सहान स्वरुप शुभकामना सहित कलम प्रदान गरिएको छ । विद्यालय प्राङ्गणमा सोमबार उनीहरुलाई टिका लगाएर कलम वितरण गरिएको पशुपति नगरबाट प्रशिक्षार्थी पत्रकार आशिष खतिवडाले जानकारी दिए ।
कार्यक्रममा विद्यालयका प्राचार्य निरञ्जन ढकालले परीक्षामा कसरी लेख्ने लेख्ने भन्ने सम्बन्धमाा विद्यार्थीहरुलाई जानकारी दिएका थिए । हरेक वर्ष उत्कृष्ट नतिजा निकाल्न सफल प्रगति माविबाट यस वर्ष ८४ जना विद्यार्थीहरू एसईई परीक्षामा सहभागी हुने प्राचार्य ढकालले जानकारी दिए । सहभागी विद्यार्थीहरुमा ४० छात्र र ४४ जना छात्रा रहेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुमणि अधिकारीको सभाध्यक्षता तथा ९ नम्बर वडाका वडाध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यालय ब्यवस्यापन समितिका सदस्यहरू, शिक्षक अभिभावक संघका प्रतिनिधिहरू र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?
मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे
क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो