विद्यालय जाँदै गर्दा हराईन् हेटौँडाकी दिपा

४ चैत्र २०७५, सोमबार १५:३७

हेटौँडा, ४ चैत । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ की १७ वर्षीय दिपा विष्ट आईतबार बिहानदेखि हराएकी छिन् । उनी तासिर बोर्डिङ स्कूलमा कक्षा ९ मा अध्ययनरत छिन् । उनका आफन्तहरुले आईतबार बिहान करिब ६ बजेको समयदेखि उनी हराएको बताएका छन् ।

उनी विद्यालय जाने क्रममा बाटोबाट हराएकी बताइएको छ । उनलाई फेला पार्नेले नजिकैको प्रहरी चौकीमा बुझाईदिन वा परिवारलाई खबर गरिदिन आग्रह गरिएको छ । उनको आफन्तको फोन नम्बर ९८०७२८७६९८(बुवा) र ९८१४२७८७५९ (दाई) मा फोन गरेर जानकारी दिन उनका अभिभावकहरुले आग्रह गरेका छन् ।

उनी हराएपछि उनका साथीहरुसँग सोधपुछ गर्दा पनि कुनै पत्तो नलागेको उनका आफन्तहरुको भनाई छ । उनी हराएको विषयमा प्रहरीलाई खबर गरिएको पनि आफन्तहरुले बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*