तेस्रो तामाङ चलचित्र महोत्सव हुने

हेटौँडा, ४ चैत । तामाङ चलचित्रका विभिन्न पाटोहरुलाई समेटेर तेस्रो तामाङ चलचित्र महोत्सव हुने भएको छ । तेस्रो तामाङ चलचित्र महोत्सवका लागि मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरिन थालिएको छ ।
पत्रकार सम्मलेनका बारेमा जानकारी दिँदै तामाङ चलचित्र संघ नेपालका अध्यक्ष बिकु थोकरले सम्पुर्ण पत्रकारहरुलाई निमन्त्रणा समेत गरेका छन् । बौद्धमा अवस्थित तामाङ भवनमा मंगलबार साँझ ४ बजे पत्रकार सम्मेलन गर्न लागिएको हो ।
यस अघि पहिलो तामाङ चलचित्र महोत्सव चितवन र दोस्रो चलचित्र महोत्सव मकवनपुरमा गरिएको थियो । ‘पहिचानका लागि संस्कृति, संस्कृतिका लागि चलचित्र’ भन्ने मूल नाराका साथ २ दिन मकवानपुरको हेटौँडामा अवस्थित पल्पसा सभाहलमा दोस्रो तामाङ चलचित्र महोत्सवको आयोजना गरिएको थियो । दुई दिने उक्त महोत्वमा १४ मिनेट देखि २ घण्टा ३० मिनेट सम्मका ५ वटा चलचित्र देखाईनुको साथै आईफाले निर्माण गरेको ‘पसिनाले सिचिएको भूमि’ नामक बृत्तचित्र समेत देखाइएको थियो ।
महोत्सवमा दर्शक छनौटको आधारमा एक चलचित्रलाई ‘मानध्वज लामा दर्शक छनौट पुरस्कार’ प्रदान गरिएको थियो । मानध्वज लामा नेपालको पहिलो तामाङ चलचित्र मेन्दोला मायाका निर्माता हुन् । महोत्सवमा सुकुमाया मोक्तानको पोङ, केवी घिसिङको ह्याङला, सदीप दोङको ह्युल्ला माया, राम जनकको दोर्जेला नाङ र सुजन लामाको गोदेवा चलचित्रलाई देखाइएको थियो ।
तेस्रो तामाङ चलचित्र महोत्सव भने प्रदेश नम्बर ३ को काभ्रेपलाञ्चोक जिल्ला अन्तर्गत नमोबुद्ध नगरपालिका भकुण्डे बेसीमा हुने बताइएको छ ।
यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?
मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे
क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो