मकवानपुरे ‘मिस्टर डी’ को ‘खाडी’ युट्युब ट्रेण्डिङमा (भिडियो)

हेटौँडा, ४ चैत । ‘एउटा छोरा आमाको दुःख र साहुको ऋण तिर्न नसकेर खाडी मुलुकमा छिर्छ । दिनरात बिना तलब आगो जस्तै तातो घाममा काम गरिरहे पनि तलब पाउँदैनन्, यता उनका साथीहरु उनको फेसबुकको सफा तस्बिर हेरेर केटोले धेरै कमायो भन्ने सोच्छन्, अनि आफन्त देखि साथीभाईसम्मले लाखौँ ऋणदेखि आईफोनसम्म माग्न थाल्छन् । तर उसको पिडामा रुने उसको आमा बाहेक कोही हुँदैन’, यो दृश्य हो मकवानपुरे गायक मिस्टर डी (सन्दिप विष्ट) को नयाँ भिडियो ‘खाडी’ को ।
भिडियो हेर्दै जाँदा नेपाली समाजको पिडा र वैदेशिक रोजगारमा खाडी मुलुक जाने युवाको मनोदशाले चरम रुप लिन्छ । अन्तिममा कारुणिक दृश्यसँगै भिडियो सकिन्छ । भिडियोमा त्यस्ता धेरै दृश्य र गीतका शब्दहरु छन् जसले जो कसैको मन दुखाउँछ । पुरा भिडियो तपाईले यहाँ हेर्न सक्नुहुन्छ-
यो भिडियोलाई मिस्टर डिको अफिसियल युट्य्ब च्यानलमार्फत सार्वजनिक गरिएको हो । भिडियोलाई युट्युबमा हालेको केही दिनमै ४ लाख ३३ हजार ५ सयभन्दा बढी पटक हेरिएको छ । यो सामाग्री तयार पार्दाको समयमा यस भिडियो युट्युब ट्रेण्डिङको पाँचौ नम्बरमा छ । म्यूजिक भिडियोमा ४६ हजार भन्दा बढी लाईक र करिब ५ हजार कमेन्टहरु गरिएका छन् ।
मिस्टर डीको यस भिडियोलाई सुरज दाहालले निर्देशन गरेका हुन् । सुमन्ज तामाङको छायाँकन तथा सम्पादनमा तयार भएको भिडियोको कन्सेप्ट र कथा मिस्टर डीले नै लेखेका हुन् । सुमन्ज तामाङ र विश्वास बानियाँले बिटमा सहकार्य गरेका छन् । न्याटिभ स्टुडियो हेटौँडामा रेकर्डिङ गरिएको गीतको पोष्ट प्रोडक्सनको जिम्मा न्याटिभ म्यूजिक ईन्सिटिच्यूट–एनएमआई प्रोडक्सनले लिएको छ । म्यूजिक भिडियोमा सन्दिप विष्ट उर्फ मिस्टर डी, सारदा गिरी, उदेन ठकुरी, शिवप्रसाद दाहाल, दिपक रसाईली, समिर खान, अल्ताव खान, सुशान्त पाण्डे र अनुपजंग सापकोटाको अभिनय रहेको छ ।
यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?
मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे
क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो