हेटौँडामा बर्ड फ्लु आतङ्क, चार किल्ला बन्द गर्ने निर्णय

३० फाल्गुन २०७५, बिहीबार १८:१८
Bird Flu Aatanka-Murchunga TV

हेटौँडा, ३० फागुन । मकवानपुरको हेटौँडामा बर्ड फ्लु भेटिएको पुष्टि भएपछि त्यसले आतङ्क सिर्जना गरेको छ । संक्रमणका दृष्टिकोणले संवेदनशिल भएपछि जिल्ला प्रशासन कार्यालय, भेटेनरीका प्राबिधिक र प्रहरीको टोलीले बर्ड फ्लु देखिएको किसानको खोरलाई केन्द्र बिन्दु मानेर त्यसको चार किल्लामा सिज गर्ने निर्णय समेत गरेको छ ।

तर रोग लागेका कुखुरा समेत बजारमा पठाएको भन्ने हल्ला चलेपछि थप त्रास पैदा भएको छ । यद्यपि कुखुराको खोरलाई तत्कालै सिज गर्ने गरी प्रहरीसहितको टोली किसान कुल प्रसाद चौलागाईंको हेटौंडा ७ मा रहेको कुखुराको खोरमा पुगेको छ ।
कुखुराको खोर रहेको चारकिल्ला बाहिर संक्रमित कुखुरा र अण्डा बाहिर लैजान रोक लगाउने गरि बन्द गर्ने उदेश्य सहित टोली त्यहाँ पुगेको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*