हेटौँडामा पटका राखेर बमको आतङ्क

३० फाल्गुन २०७५, बिहीबार ०९:५२
Pataka Bomb-Murchunga TV

हेटौँडा, ३० फागुन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ पशुपतिनगर एफएम चोक नजिक बिहानै शंकास्पद वस्तु देखिएपछि जनमासमा त्रास छायो । नेपाली सेनालाई खबर गरेर स्थानलाई असुरक्षित भन्दै आवतजावतमा रोक लगाईयो तर अन्तमा उक्त बस्तु पटका भएको पत्ता लागेको छ । अर्थात बम हक्स (नक्कली) निस्कियो ।

डिस्पोजपछि सो बस्तु पटाका भएको पुष्टि भएको छ । निस्कृय पारी सेनाको टोली फर्किएको छ । मकवानपुर सहित नेपालभरी विप्लवले आह्वान गरेको बन्दको प्रभाव परेको छ । सरकारले एकतर्फी रुपमा संगठनमाथि प्रतिबन्ध लगाएको विरोधमा चरणबद्ध आन्दोलन भन्दै विप्लवले बन्दको घोषणा गरेको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*