हेटौँडामा नक्कली (हक्स) बम फेला

३० फाल्गुन २०७५, बिहीबार ०९:३४

हेटौँडा, ३० फागुन । नेत्र विक्रम चन्द ‘विप्लव’ को नेतृत्वले आह्वान गरेको नेपाल बन्दका क्रममा मकवानपुरको हेटौँडामा पनि बमको त्रास कायमै छ । यसैबिच पुर्व पश्चिम राजमार्ग अन्र्तगत हेटौँडा उपमहानगरपालिका वडा नंबर ९ एचआईडीमा भेटिएको बम नक्कली भएको पत्ता लागेको छ । टिफन बक्समा बम र खतरा लेखेर राखिएपछि स्थानीय त्रसित बनेका हुन् । नेपाली सेनाको बम डिस्पोजल टोलीले निरिक्षण गर्दा उक्त बम सक्कली नभई हक्स( नक्कली बम) भएको सञ्चारकर्मी सम्झना घिमिरेले बताईन् ।

त्यस्तै उत्तरी मकवानपुरको थाहा नगरपालिकास्थित दामनमा पर्ने जंगल क्षेत्रमा ट्रकमा अज्ञात समूहले आगजनी गरेको छ । काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख ७४११ नम्बरको ट्रकमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ट्रकम रहेको चालक सहित ३ जनालाई ट्रकबाट आरालेर उनीहरुले आगो लगाएका हुन । पालुङ र दामनको जंगलबीचमा ट्रकलाई रोकी घरेलु हतियार देखाएर ४–५ जनाको समूहले पेट्रोल खन्याएर अगजनी गरेको हो । विप्लवको बन्दको संघारमा भएकोले उनीहरुले नै आगो लगाएको प्रहरीले अनुमान गरेको छ । अगजनीबाट ट्रकको टेलरमा क्षति भएको छ ।

त्यस्तै बस्तीपुरमा हेटौँडातर्फ आउँदै गरेको ट्रककमा ढुंगा प्रहार हुँदा चालक सामान्य घाईते भएका छन् । आज विहान ४ बजेको समयमा ना ६ ख ७३६९ नंबरको ट्रकमा एक्कासी ढुंगा प्रहार हुँदा सिसा फुटेर ट्रकका चालक हेटौँडा कर्रा निवासी युवराज सुवेदी घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी यज्ञप्रसाद भट्टराईले जनाएका छन् ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*