
मकवानपुरे नेता रामचन्द्र राईले दिए राष्ट्रिय सभामा कडा भाषण (भिडियो)

हेटौँडा, ३० फागुन । मकवानपुरबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गरेका राष्ट्रियसभा सदस्य एवं नेकपाका नेता रामचन्द्र राईले बुधबार भएको राष्ट्रियसभा बैठकमा मकवानपुर सहित अन्य विभिन्न स्थानका समस्याहरुको बारेमा बोलेका छन् । उनले हेटौंडा–काठमाडौँ सडक निर्माणको विषयमा सम्बन्धीत मन्त्रालयलाई ध्यानाकर्षण समेत गराएका छन् ।
राईले हेटौँडाबाट काठमाडौंसम्म जोड्ने सडकको अवस्था अहिले निकै जिर्ण रहेकोले त्यसको बर्खा अगाडीनै मर्मत गराउन भौतिक पूर्वाधार मन्त्रालयलाई सुझाव समेत दिएका छन् । उनले हेटौँडाबाट काठमाडौँ जोडिने ३ वटै बाटोहरुको अवस्था दयनिय भएको बताए । बाँकी कुरा हेरौँ भिडियोमा–
यात्रुहरुलाई सास्ती हुनुका साथै दुर्घटनाको उच्च जोखिममा यी बाटोहरु भएको समेत उनले बताए । उनले तराई र राजधानी जोड्ने त्रिभुवन राजमार्गको पनि निर्माणमा सम्बन्धीत मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । तराईबाट मालबाहक सवारी राजधानीसम्म सोही राजमार्ग हुँदै आउने भएकोले यसको निर्माणमा समयमानै ध्यान नपुगे समस्या निम्तने उनले बताए । चैत्र महिना बजेट निर्माणको समय भएकोले कहाँ–कहाँ कुन कुन विषयमा बजेट तयार गर्ने भन्ने विषयमा जनताको आवश्यकताको पहिचान गरेर मात्रै अघि बढ्नुपर्ने बताए । पोहोरसाल बजेट विनियोजन गर्दा अधिकाँश मन्त्रालयले आफ्नो क्षेत्रमा बढी बजेट विनियोजन गरेको भन्दै अब त्यो नगर्न समेत उनले सुझाव दिएका छन् ।
यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?
मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे
क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो