
दामनको जंगलमा ट्रकमा आगजनी

हेटौँडा, ३० फागुन । उत्तरी मकवानपुरको थाहा नगरपालिकास्थित दामनमा पर्ने जंगल क्षेत्रमा ट्रकमा अज्ञात समूहले आगजनी गरेको छ । काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख ७४११ नम्बरको ट्रकमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ट्रकम रहेको चालक सहित ३ जनालाई ट्रकबाट आरालेर उनीहरुले आगो लगाएका हुन । पालुङ र दामनको जंगलबीचमा ट्रकलाई रोकी घरेलु हतियार देखाएर ४–५ जनाको समूहले पेट्रोल खन्याएर अगजनी गरेको हो । विप्लवको बन्दको संघारमा भएकोले उनीहरुले नै आगो लगाएको प्रहरीले अनुमान गरेको छ । अगजनीबाट ट्रकको टेलरमा क्षति भएको छ ।
यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?
मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे
क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो