फेसबुकमा समस्या आएपछि तनाब

३० फाल्गुन २०७५, बिहीबार ०७:१६

हेटौँडा, ३० फागुन । बहुचर्चित सामाजिक सञ्जाल फेसबुकमा गएरातिदेखि समस्या आएको छ । फेसबुक लग अन गर्ने बित्तिकै टाईमलाईन नदेखिने, च्याट गर्न नमिल्ने लगायतका समस्याहरु सुरु भएका हुन् । धेरैजसो प्रयोगकर्ताहरुले फेसबुक स्लो लोड भएको पनि बताएका छन् । केही प्रयोगकर्ताहरुको भने फेसबुक नै लोड नहुने समस्या देखिएको छ । बुधबार रातिबाट सुरु भएको समस्याको समाधान अहिले पनि भएको छैन । केही प्रयोगकर्ताहरुको फेसबुक प्रोफाईल मोबाईलमा राम्रोसँग खुलेपनि डेस्कटप भर्सनमा भने खुलेको छैन ।

फेसबुक एक निजीरूपमा सञ्चालित सामाजिक सञ्जाल हो, जुन फेसबुक निगमको स्वामित्वमा रहेको छ । प्रयोगकर्ताहरूले एक अर्कासँग साथी बन्न र सन्देश पठाउनको लागि यसको प्रयोग गर्ने गर्दछन् । आफ्नो प्रोफाईल अध्यावधिक गरी साथीहरूलाई उनीहरूबारे जानकारी समेत गराउँदछन् । यसका अतिरिक्त प्रयोगकर्ताको शहर, स्कूल, कलेज या कार्यस्थलको आधारमा बनाईएका सञ्जालमा सामेल हुन सक्छन् । फेसबुकमा प्रयोगकर्ताहरूले बढीमा ५००० जना साथी आफ्नो खातामा जोडन सक्छन् । फेसबुकमा पेज बनाई ब्यापारको प्रबर्धन पनि गर्न सकिन्छ भने चर्चित ब्यक्तिहरूद्वारा पेज मार्फत आफ्ना प्रशंसकहरूसंग अन्तरक्रिया पनि गर्न सकिन्छ । फेसबुकमा अहिले च्याट,भिडियो– च्याट,सामुहिक–च्याट र गीत सुन्ने जस्ता सुबिधाहरू थप गरिएक छन् ।

फेसबुक प्रयोग गर्नका लागि प्रयोगकर्ताको उमेर कम्तिमा १३ बर्षको हुनुपर्ने नियम रहेको छ । सन् २००४ मा मार्क जुकरबर्गले हार्वर्ड विश्वविद्यालयमा हुँदा उनका कलेज कोठामा सँगै बस्ने सहपाठी साथीहरू, जो कम्प्युटर विज्ञानका विद्यार्थीहरू थिए, एडवार्डो साभरिन, डस्टिन मोसकविट्ज, क्रिस ह्यूजेस र एन्ड्रयु म्याककोलमका साथ फेसबुकको स्थापना गरेका हुन् । वेबसाइट सुरूमा हार्वर्ड विश्वविद्यालयका विद्यार्थीहरू माझ मात्र सीमित रहेपनि पछि बोस्टन क्षेत्रको आइवी लीग र स्टैनफोर्ड विश्वविद्यालयमा पनि फैलाईएको थियो ।

फेसबुक १४० वटा भाषामा उपलब्ध रहेको बहुभाषिक सामाजिक सञ्जाल हो । सन् २००४ को फरबरी ४ तारिखमा स्थापित भएको फेसबुकको मुख्य कार्यालय संयुक्त राज्य अमेरिकाको मेन्लो पार्क, क्यालिफोर्नियामा रहेको छ । सन् २००४ देखि ५ सम्म संयुक्त राज्य अमेरिकामा मात्र सिमित यो सञ्जाल सन् २००५ पछि विश्वव्यापी भएको हो । यसले सन् २०१५ मा राजश्व मात्रै पनि १६.९२८ बिलियन अमेरिकी डलर तिरेको थियो । यससँग सन् २०१५ को डाटा अनुसार परिचालन आय ६.२५५ बिलियन अमेरिकी डलर, शुद्ध आय ३.६८८ बिलियन अमेरिकी डलर, कुलपुँजी ४९.४०७ बिलियन अमेरिकी डलर र लाभांश ४४.२१८ बिलियन अमेरिकी डलर रहेको छ ।

सन् २०१७ को डाटामा विकिपिडियामा जनाइए अनुसार फेसबुकमा २०,६५८ जना कर्मचारी रहेका छन् । सन् २०१७ को जुनसम्म यसको प्रयोग कर्ता २ बिलियन पुगेको थियो ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*