बन्दै गरेको क्रिकेट रंगशालाबाट धुर्मुस–सुन्तलीको यस्तो आयो अभिव्यक्ति (भिडियो)

२९ फाल्गुन २०७५, बुधबार १९:४८
Featured Video Play Icon

हेटौँडा, २९ फागुन । धुर्मुस सन्तुली फाउन्डेशनले चितवनमा गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सुरुवात गरेसँगै यसको चर्चा चुलिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा धुर्मुस सुन्तली फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच चितवनमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएपछि कामको सुरुवात भएको हो । बन्दै गरेको रंगशालाबाट धुर्मुस र सुन्तलीले आग्रहपूर्ण अनुरोध गरेका छन् । हेरौँ भिडियो–

चितवनको भरतपुर महानगरपालिका स्थित कृषि तथा वन विश्वविद्यालय परिसर भित्रको शान्ति चोकमा रहेको २० बिघा ६ कठ्ठा क्षेत्रफलको जमिनमा २५ हजार दर्शक क्षमताको अत्याधुनिक सुविधा सम्पन्न रंगशाला निर्माण हुन लागेको हो । नेपालको मौलिकता सहित निर्माण हुन लागेको रंगशाला स्तुपा आकारको हुने बताइएको छ । फुलेको कमल फूल आकारको क्रिकेट मैदान रहने रंगशालामा क्रिकेट बाहेक फुटबल, भलिबल, बास्केटबल, डन्डी बियो, स्विमिङ लगायतको खेल खेल्न सकिने बताइएको छ । देश–विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वेच्छिक सहयोगबाट आर्थिक श्रोत जुटाइ निर्माण हुने रंगशालाको लागत ३ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*