अपडेट–दिपक कालिराज बने हेटौँडा आईडल, विजय लामा फस्ट रनर अप र सुसन शाह ठकुरी सेकेण्ड रनरअप

२९ फाल्गुन २०७५, बुधबार १५:५७

हेटौँडा, २९ फागुन । मकवानपुरको हेटौँडामा आयोजित ‘राष्ट्रिय औद्योगिक व्यापार मेलाका अवसरमा आयोजना गरिएको ‘ जिपिएक्स हेटौँडा आईडल’ गायन प्रतियोगिता दिपक कालिराजले जितेका छन् । बुधबार सार्वजनिक भएको नतिजा अनुसार फाईनलमा पुगेका सुसन शाह ठकुरी, विजय लामा, सुशल तामाङ र भुवन घलानलाई पछि पार्दै उनले उपाधि जितेका हुन् ।

त्यस्तै विजय लामा फस्ट रनर अप भएका छन् भने सुसन शाही ठकुरी सेकेण्ड रनर अप भएको मेलास्थलबाट सञ्चारकर्मी दिलबहादुर लामाले जानकारी दिए । आईडल जितेसँगै कालिराजले नगद ३५ हजार सहित ५ हजार बराबरको चन्द्रागिरी केबलकार टिकेट प्राप्त गरेका छन् । साथै उनले वोन ट्राभल्सको तर्फबाट युएई (दुबाई) आउने जाने टिकटका साथै लक्ष्मी टेक्नोप्लाष्टको तर्फबाट कफी टेवल एक सेट र भिसिरिज सरफको तर्फबाट आकर्षक पुरस्कार समेत प्राप्त गरेका छन् । त्यस्तै द्वित्तिय भएका विजय लामाले नगद २५ हजारसहित ५ हजार बराबरको चन्द्रागिरी केबलकार टिकेट प्राप्त गरेका छन् भने तृतिय भएका सुसन शाह ठकुरीले नगद १५ हजार सहित ५ हजार बराबरको चन्द्रागिरी केबलकार टिकेट प्राप्त गर्ने गरेका छन् । साथै उनीहरुले मेलामा भएका स्टलहरुबाट समेत विविध पुरस्कारहरु प्राप्त भएका छन् ।

फाईनलमा पुगेका भुवन घलान र सुशल तामाङले सान्त्वनामै चित्त बुझाउनु परेको छ । प्रतियोगितामा गायक संगीतकार शिखर सन्तोष, किशोर डंगोल र विजय कार्की निर्णायकको भूमिका निभाएका थिए । हेटौँडा आईडललाई जिपिएक्स रेसिङले प्रायोजन गरेको हो ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*