नायिका रोशनी ब्लोनलाई पितृ शोक

२९ फाल्गुन २०७५, बुधबार १५:३८
Roshni Blon Tamang-Murchunga TV

हेटौँडा, २९ फागुन । तामाङ चलचित्रका क्षेत्रमा चर्चित नायिका रोशनी ब्लोनलाई पितृ शोक परेको छ । लामो समय अघिदेखि कलेजोको रोगबाट थला परेका पिता सुर्जेबहादुर ब्लोनको मंगलबार बिहान अस्पतालमा निधन भएको हो ।

निधन भएका ब्लोनको २०१७ साल जेठ महिनामा निजगढ नगरपालिका वडा नम्वर १ मा जन्म भएको थियो । नायिका ब्लोनका पिताको निधन प्रति तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरले समवेदना प्रकट गरेका छन् । थोकरले सामाजिक सञ्जाल मार्फत निधनप्रति दुःख व्यक्त गरेका हुन् । उनले लेखेका छन्–लामो समय देखि बिरामी भइ थला पर्नु भएका नायिका रोश्नी भ्लोनका पिता सूर्जे वहादुर ब्लोनको ५८ बर्षको उमेरमा हिजो निधन भएको खबरले दुःखी तुल्याएको छ उहाँको अत्मालाई शान्ति मिलोस भनी भगवान बुद्धसंग प्रार्थनको साथमा हार्दिक श्रद्वन्जली व्यक्त गर्दछु ।साथै यश दुःखद घडीमा शोक सन्तप्ध परिवारजनमा धैर्य धारणा गर्ने शक्ति मिलोस्, ॐ म्हाने पद्मे हुँङ् १०८ ।’

नायिका ब्लोन तामाङ फिल्मका साथै नेपाली चलचित्र र म्यूजिक भिडियोहरुमा सक्रिय छिन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*