हेटौँडा आईडल : पारु महरालाई शिखर सन्तोषको संगीतमा गीत गाउने अवसर

हेटौँडा, २९ फागुन । मकवानपुरको हेटौँडामा भएको राष्ट्रिय औद्योगिक व्यापार मेला अन्तर्गतको ‘जिपिएक्स हेटौँडा आईडल’ गायन प्रतियोगितामा सेमिफाईनलबाट बाहिरिएसँगै मकवापनुरे सञ्चारकर्मी पारु महराले गायक संगीतकार शिखर सन्तोषको संगीतमा गीत गाउने अवसर प्राप्त गरेकी छिन् । उत्कृष्ट ६ अर्थात सेमिफाईनलसम्म पुगेकी उनी मंगलबार झिनो मतान्तरले फाईनलमा पुग्नबाट बञ्चित भएकी थिईन् ।
‘आदरणीय शिखर सन्तोषको संगीतमा गीत गाउन पाउँदा धेरै खुशी छु’–महराले भनिन्, ‘फाईनलमा पुग्न नपाउँदा दुःख त लागेको छ तर सबैको हौसला र साथले सेमिफाईनलसम्म पुगेँ ।’ मुर्चुङ्गा टिभीसँग कुरा गर्दै महराले आफुलाई भोट दिएर सहयोग गर्ने सबै शुभचिन्तकलाई सहयोगको लागि धन्यवाद भन्दै आफु सदैव उनीहरुप्रति आभारी रहने बताईन् । महरा बाहिँरिँदा गायक तथा संगीतकार शिखर सन्तोषले महराको आवाजमा मिठास भएको र आईडलमा समेत निकै मेहनत गरेको सुनाए ।
हेटौँडाबाट सञ्चालनमा रहेको रेडियो अनमोल ९० मेगाहर्जमा कार्यरत सञ्चारकर्मी पारु महरा मकवानपुरको हेटौँडा ११ थानाभर्याङका स्थायी बासिन्दा हुन् । यस अघि भएको व्यापार मेलामा आयोजित हेटौँडा आईडमा समेत उत्कृष्ट ७ मा पुग्न सफल भएकी महरा रेडियो अनमोलमा हरेक शुक्रबार दिउँसो ४ बजे गीतसँगीत सँगै सम्बन्धित चर्चित कार्यक्रम ‘अनमोल आईडल’ सञ्चालन गर्छिन् ।
महरा गीतसंगीतमा आफुलाई धेरै नै रुचि भएको बताउँछिन् । सानैदेखि विद्यालय तथा अन्य स्थानमा गीत गाउँदै आएकी महराको आवाजलाई दर्शक तथा निर्णायकहरुले पनि निक्कै मन पराएका थिए । हेटौँडा आईडलको विजेता घोषणा आज हुँदैछ ।
यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?
मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे
क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो