भुवन घलान हेटौँडा आईडलको फाईनलमा, आज अन्तिम दिन यसरी गरौँ भोट

२८ फाल्गुन २०७५, मंगलवार १३:३५
Bhuwan Ghalan Hetauda Idol-Murchunga TV

हेटौँडा, २८ फागुन । मकवानपुरको हेटौँडामा जारी ‘राष्ट्रिय औद्योगिक व्यापार मेलाका अवसरमा आयोजित ‘ जिपिएक्स हेटौँडा आईडल’ गायन प्रतियोगितामा मकवानपुरे सञ्चारकर्मी भुवन घलान फाईनलमा पुगेका छन् । उनको गीत सुनेर निर्णायकले दिएको मत र मेला हेर्न आएका दर्शकले उनको लागि गरेको टिकट भोटिङका आधारमा उनी मंगलबार फाईनलमा पुगेका हुन् ।

सोमबारको प्रस्तुति पश्चात खसेको जम्मा ३ हजार ७ सय ९१ भोट मध्ये भुवनले ४२ प्रतिशत भोट प्राप्त गरेका थिए । त्यस्तै निर्णायकबाट घलानले २०.८३ प्रतिशत मत प्राप्त गरेका थिए । मंगलबारको प्रस्तुति पश्चात मंगलबार साँझ ६ः३० बजेसम्म प्राप्त टिकट भोट र निर्णायकको मत जोडेर बुधबार हेटौँडा आईडल घोषणा गरिनेछ । फाईनलमा पुगेका घलानलाई मेला हेर्न गएका दर्शकहरुले टिकटको अर्धकट्टीमा रहेको भोटिङ गर्ने स्थानमा उनको कोड नम्बर १४ लेखेर स्टेज नजिकै भएको १४ नम्बर बाकसमा खसाल्नु पर्नेछ ।

सञ्चारकर्मी भुवन घलान मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ घर भई हाल हेटौँडामा कार्यरत छन् । हेटौँडा सन्देश दैनिकमा कार्यरत उनी रेडियो प्राविधिक समेत हुन् । घलानले मुक्तक र गजल पनि निक्कै मार्मिक र चोटिला लेख्छन् । उनी उदाउँदो साहित्यकार पनि हुन् ।

अन्तिम ५ मा पर्न सफलहरुमा सुसन शाह ठकुरी भोटिङ कोड नम्बर ७ , विजय लामा भोटिङ कोड नम्बर १०, सुशल तामाङ भोटिङ कोड नम्बर ११, दीपक कालिराज भोटिङ कोड नम्बर १२ र भुवन घलान भोटिङ कोड नम्बर १४ रहेको छ । प्रतियोगितामा गायक संगीतकार शिखर सन्तोष, किशोर डंगोल र विजय कार्की निर्णायक छन् । उत्कृष्ट प्रतिष्पर्धीले स्टेज पर्फोमेन्स दिएको आधारमा निर्णायकको मत र मेला हेर्न आएका दर्शकहरुले लिएको टिकटमा दर्शकले नै दिएको भोटका आधारमा उनीहरुलाई छनौट गर्दै फाईनल भिडन्त तय गरिएको हो । हेटौँडा आईडललाई जिपिएक्स रेसिङले प्रायोजन गरेको हो ।आईडलमा प्रथम हुनेले नगद ३५ हजार सहित ५ हजार बराबरको चन्द्रागिरी केबलकार टिकेट, द्वित्तिय हुनेले नगद २५ हजारसहित ५ हजार बराबरको चन्द्रागिरी केबलकार टिकेट र तृतिय हुनेले नगद १५ हजार सहित ५ हजार बराबरको चन्द्रागिरी केबलकार टिकेट प्राप्त गर्ने छन् । प्रथम हुनेलाई मेलामा राखेका स्टलवालाहरुबाट पनि जिन्सी सामान पुरस्कारहरु रहेका छन् । आईडललाई वोन ट्राभल्सको तर्फबाट युएई (दुबाई) आउने जाने टिकटको व्यवस्था समेत गरिएको छ ।

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*