हेटौँडा आईडलको फाईनलमा ५ प्रतिस्पर्धी, पारु महरा बाहिरिईन्

२८ फाल्गुन २०७५, मंगलवार १३:१९

हेटौँडा, २८ फागुन । मकवानपुरको हेटौँडामा जारी ‘राष्ट्रिय औद्योगिक व्यापार मेलाका अवसरमा आयोजित ‘ जिपिएक्स हेटौँडा आईडल’ को अन्तिम ५ फाईनालिष्टहरुको छनौट गरिएको छ । मंगलबार उत्कृष्ट ६ मध्ये पारु महरा बाहिरिएपछि अन्तिम ५ छानिएका हुन् ।

अन्तिम ५ मा पर्न सफलहरुमा सुसन शाह ठकुरी भोटिङ कोड नम्बर ७ , विजय लामा भोटिङ कोड नम्बर १०, सुशल तामाङ भोटिङ कोड नम्बर ११, दीपक कालिराज भोटिङ कोड नम्बर १२ र भुवन घलान भोटिङ कोड नम्बर १४ रहेको छ । सोमबारको प्रस्तुति पश्चात खसेको जम्मा ३ हजार ७ सय ९१ भोट मध्ये भुवन घलानले ४२ प्रतिशत र पारु महराले ३९ प्रतिशत भोट प्राप्त गरेका थिए । त्यस्तै निर्णायकबाट घलानले २०.८३ प्रतिशत र महराले २८.३१ प्रतिशत मत प्राप्त गरेका थिए । दुबै मतलाई जोड्दा घलानले २.३२ प्रतिशत मतले महरालाई पछि पारेपछि महरा बाहिरिएको सञ्चारकर्मी श्रीराम अर्जुनले जानकारी दिए ।

अन्तिम ५ मा परेकाहरुको आज फाईनल भिडन्त भएको छ । आजको प्रस्तुति पश्चात आज साँझ ६ः३० बजेसम्म टिकट भोटिङको व्यवस्था गरिएको बताइएको छ । आज साँझसम्म प्राप्त भोट र निर्णायकको भोट सहित भोलि हेटौँडा आईडल घोषणा गरिनेछ । भोटिङ गर्ने मौका आज साँझ सम्म मात्र रहेको छ । फाईनलमा पुगेकाहरुलाई मेलामा प्रवेश गर्दा प्राप्त टिकटको अर्धकट्टीमा उनीहरुको कोड नम्बर लेखेर स्टेज नजिकै भएको सोही नम्बरको बाकसमा खसाल्न सकिन्छ ।

प्रतियोगितामा गायक संगीतकार शिखर सन्तोष, किशोर डंगोल र विजय कार्की निर्णायक छन् । उत्कृष्ट प्रतिष्पर्धीले स्टेज पर्फोमेन्स दिएको आधारमा निर्णायकको मत र मेला हेर्न आएका दर्शकहरुले लिएको टिकटमा दर्शकले नै दिएको भोटका आधारमा उनीहरुलाई छनौट गर्दै फाईनल भिडन्त तय गरिएको हो । हेटौँडा आईडललाई जिपिएक्स रेसिङले प्रायोजन गरेको हो । आईडलमा प्रथम हुनेले नगद ३५ हजार सहित ५ हजार बराबरको चन्द्रागिरी केबलकार टिकेट, द्वित्तिय हुनेले नगद २५ हजारसहित ५ हजार बराबरको चन्द्रागिरी केबलकार टिकेट र तृतिय हुनेले नगद १५ हजार सहित ५ हजार बराबरको चन्द्रागिरी केबलकार टिकेट प्राप्त गर्ने छन् । प्रथम हुनेलाई मेलामा राखेका स्टलवालाहरुबाट पनि जिन्सी सामान पुरस्कारहरु रहेका छन् । आईडललाई वोन ट्राभल्सको तर्फबाट युएई (दुबाई) आउने जाने टिकटको व्यवस्था समेत गरिएको छ ।

हेटौंडा–५ क्याम्पाडाँडामा फागुन १८ गतेदेखि जारी मेला फागुन २९ गतेसम्म चल्ने छ । मेला स्थलसम्म पुग्नका लागि निःशुल्क बस सेवा र सहुलियत मयुरीको भाडादर पनि कायम गरिएको छ । त्यस्तै मेलामा निःशुल्क स्वास्थ्य सेवाको समेत व्यवस्था गरिएको छ । मेलामा हेटौँडा आईडलका उत्कृष्ट प्रतिष्पर्धीले हरेक दिन स्टेज प्रस्तुति दिईरहेका छन् भने हरेक दिन चर्चित कलाकारहरुले पनि प्रस्तुति दिइरहेका छन् ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*