हेटौँडामा जुत्ता चप्पल व्यापार मेला हुने, स्वदेशी ब्राण्डका जुत्ता किन्न पाईने

२८ फाल्गुन २०७५, मंगलवार ०८:२४
Jutta Chappal Byapar Mela Hetauda-Murchunga TV

हेटौँडा, २८ फागुन । मकवानपुरको हेटौँडामा मंगलबारदेखि ‘मकवानपुर जुत्ता चप्पल व्यापार मेला २०७५’ सुरु हुने भएको छ । ‘स्वदेशी वस्तुको प्रवर्दन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ मकवानपुर उद्योग वाणिज्य संघ तथा फुटवेयर एशोसियसनको आयोजनामा २० दिनसम्म मेला हुने भएको हो । पल्पसा हलमा हुने मेलामा नेपाली ब्राण्डको जुत्ता रहेको करिब ५० वटा स्टलहरु रहने बताइएको छ ।

२ करोड ५० लाख को ब्यापार अनुमान गरिएको मेलामा २ लाख ५० हजार जनाले अवलोकन गर्नसक्ने अनुमान आयोजकले गरेको छ । मेलामा हरेक जुत्तामा ६ महिनाको वारेन्टी समेत रहेको र १६ देखि ६० प्रतिशतसम्मको छुटको समेत ब्यवस्था गरिएको आयोजकले जनाएको छ । मेलाको समुद्घाटन हेटौडा २ पल्पसारोडमा अवस्थित पल्पसा हलमा मंगलबार २८ गते अपराह्न ४ वजे उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री अरुण नेपालले गर्ने मेला संयोजक होमनाथ उपाध्यायले जानकारी दिए । प्रदर्शनीमा नेपालका चर्चित ब्राण्ड बि.एफ्. डियर हिल सुज, रोयल सुज, रन सुज, क्रसरोड सुज, हाइलाइफ चप्पल, सुल्याण्ड, कोशेली रहेको छ । प्रदर्शनी अवधिभर उपभोक्ताहरुले स्वःस्पूmर्थ रुपमा प्रदर्शनीमा राखिएका बस्तुहरु अवलोकन गरि मूल्याङ्कन एवं तुलनात्मक रुपमा छनौट गरि सुपथ मुल्यमा बस्तुहरु खरीद गर्ने अवसर पाउनेछन् ।

नेपाली उपभोक्तालाई स्वदेशमा उत्पादित स्वदेशी व्राण्ड प्रति सजग र सचेत गराउँदै विना व्राण्डका वस्तुहरु प्रति विश्वास नगरी व्राण्डेड वस्तुहरु मात्र गुणस्तरीय र उचित मूल्यका हुन्छन् भन्ने विश्वास दिलाउन मेला आयोजना गरिएको हो । विभिन्न प्रदेशहरुमा गरिदै आएको मेला तथा प्रर्दशनीले नेपाली वस्तुको उत्पादन उपभोग गर्ने उपभोक्ताहरुको मन जित्न सफल भएको समेत आयोजकको दाबी छ । प्रदर्शनी अवधिभर प्रदर्शनी स्थलबाट खरिद गरिएका जुत्ता चप्पल र बस्तुहरुमा १५ देखी ६० प्रतिशत सम्म छुटको व्यवस्था गरिने बताईको छ । त्यस्तै नयाँ डिजाइनका जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरु अवलोकन गर्ने अवसर प्राप्त हुनेछ । निःशुल्क प्रबेशको ब्यवस्था मिलाईएको छ । नयाँ शैक्षिक वर्ष सुरु हुन लागेकोले युनिफर्म, जुत्ता तथा शैक्षिक सामाग्री पनि प्रर्दशनीमा राखिनेछ । नेपालका ख्यतिप्राप्त कम्पनिका १००० भन्दा वढि मोडलका जुत्ता चप्पल छानी छानी किन्न पाईने आयोजकले बताएको छ । मेलामा पार्टी सुज, स्र्पोट्स सुज, स्कुल कलेज सुज, लेडिज चप्पल, हवाई चप्पल, डिएमएस जुत्ता, बेल्ट लगायत छालाजन्य वस्तु तथा उत्पादनहरु रहनेछन् साथै विहान ९ वजेदेखी साँझ ८ वजेसम्म मेला संचालन हुनेछ ।

नेपालमा ठूला तथा मझ्यौला उद्योगहरु २२१, लेडिज चप्पल मात्र उत्पादन गर्ने उद्योगहरु १४०, दर्ता भएका संगठित असंगठित परम्परागत पेशामा आधारित अनुमानित लघु उद्योगहरु ६४०, फेल्ट तथा ह्याण्डिक्राफ्टमा आधारित ५०० गरि करिब १५०० भन्दा बढी उद्योगहरु रहेको अनुमान गरिएको छ । सरकारी स्वामित्वमा संचालित वाँसवारी छाला जुत्ता कारखाना निजीकरण गरिए पश्चात प्रवेश गरेको निजी क्षेत्र २० वर्षको अवधिमा १५०० भन्दा बढीको संख्यामा स्थापना हुनुलाई स्वाभाविक मान्न नसकिएको भएतापनि यो क्षेत्रको आकर्षण अझ वढ्दोछ । उद्योगहरु स्थापना हुने क्रम जारी छ । निरन्तर उद्योगका संख्या वढि रहेका छन् । जुत्ता, चप्पल छालाजन्य बस्तुहरुको उत्पादनको क्षेत्र भनेको स्वदेशमा नै प्रशस्त रोजगारी सिर्जना गराउने महत्वपूर्ण र उर्वर क्षेत्रको रुपमा रहेको छ ।

परम्परागत रुपमा सिप सिकेका जनशक्तिहरु क्रमशः यो क्षेत्रबाट पलायन हुदै गएको कारणवाट यो क्षेत्रको मूल समस्या भनेको दक्ष जनशक्तिकोे अभाव भएको हुँंदा नेपाल सरकार तथा विभिन्न दातृ निकायको सहयोग लिई पटक पटक गरि ५ वर्षको अवधिमा २००० भन्दा वढि व्यक्तिलाई तालिम दिई ति व्यक्तिहरुलाई रोजगारि समेत प्रदान गरिएकोछ । तालिम दिई दक्ष बनाईएका जनशक्तिमा करिव ९० प्रतिशत जनशक्ति महिला रहेका छन् । सानो लगानीबाट पनि जुत्ता चप्पल उत्पादनको कार्य सञ्चालन गर्न सकिने भएको तथा परम्परागत पुख्र्यौली पेशाको रुपमा जुत्ता चप्पल उत्पादन गर्ने शिल्पीहरुको संख्या नेपालको कुनाकाप्चा सम्म छरिएर रहेका कारण यस्ता उद्योगहरुमा कति लगानी भएकोछ भन्ने यकिनका साथ भन्न सकिने अवस्था रहेको छैन । यस्ता उद्योगहरुले वार्षिक ६०० देखि ८००० जोर सम्म जुत्ता चप्पल उत्पादन गर्ने र यस्ता उद्योगहरु उपत्यका वाहिर ५०० , उपत्यका भित्र १४० गरि ६४० रहेको र आधुनिक उपकरणहरुको प्रयोग गरि दैनिक २०० देखि २५००० जोर सम्म जुत्ता, चप्पल उत्पादन गरि उद्योगको रुपमा विकास भएका यस क्षेत्रमा संलग्न उद्यमी व्यवसायीहरु को मात्र करिव ३० अरव भन्दा वढिको लगानी रहेको तथा ५० हजारको हाराहारीमा प्रत्यक्ष रोजगारी सिर्जना भएको र त्यसमध्ये १६ हजार (३२ प्रतिशत) महिला कामदार रहेकाछन् । साथै उद्यमी व्यवसायीहरुले आप्mनो उद्योग ,व्यवसाय संचालन गर्न करिव १० अरव भन्दा बढि विभिन्न वैंक तथा वित्तिय संस्थाहरुबाट ऋण लिएको पाईन्छ । यसरी बैकवाट चर्को व्याज दरमा ऋण लिई विभिन्न गुणस्तरका जुत्ता चप्पल तथा छालाजन्य बस्तुहरु उत्पादन गरी निकासी हुने सम्मको अवस्थामा बैकहरुले ४ पटक सम्म अस्थिर व्याज लिने भएको हुंदा जुत्ता,चप्पल को उत्पादन लागत बढ्नगई छिमेकी मुलुकहरु संगको प्रतिष्पर्धात्मक क्षमतामा सुधार हुन नसकी निकासी समेत घट्न गएको प्रमुख कारण मध्ये यो पनि एक भएको आयोजकको ठम्याई रहेको छ ।

नेपालीहरुको आयस्तरमा भएको वृद्धि संगै वदलिदो फेशन र बाहिरी संसार संगको वढि सम्पर्क विस्तारका कारण जुत्ता चप्पलको प्रयोग नेपालमा बढ्दै आएको छ । खासगरि औपचारिक, अनौपचारिक, कामगर्दा लगाउने, विद्यालय, कार्यस्थल, वगैंचा, वाथरुम, भान्सा, पार्टी, घुमफिर आदिमा अलग अलग प्रकारका जुत्ता चप्पल लगाउने चलन बढेको छ भने मध्यम तथा उच्च वर्गका महिलाहरुले कपडाको रंग संग सेट मिलाएर लगाउने बढ्दो चलनले गर्दा नेपालमा जुत्ता चप्पलको उपभोग संगै उत्पादन पनि बढ्दै गएकोछ र बढ्दो क्रममा रहेकोछ । नेपालमा प्रति व्यक्ति वार्षिक २.६६ जोर विभिन्न प्रकारका जुत्ता चप्पल खपत हुने गरेकोछ । यस आधारमा भन्ने हो भने नेपालमा लगभग न्यूनतम ८ देखि १० करोड जोडी विभिन्न प्रकारका जुत्ता चप्पलको माग रहेको देखिन्छ ।

जुत्ता, चप्पल आयात तथा निर्यातको अवस्था लाई नियाल्दा आ.व.२०७४–०७५ मा मात्र नेपालमा रु ४ अरव २५ करोड ६८ लाख ७७ हजार ५३६ रुपैया वरावरको ४ करोड १ लाख ६४ हजार ४३५ जोडी विभिन्न प्रकारका जुत्ता चप्पल आयात भएको देखिन्छ । नेपालमा उत्पादित १ अरव २८ करोड ५० लाख ४ हजार ८८४ रुपैया वरावरको १ करोड २१ लाख ६५ हजार ७३७ जोडी जुत्ता चप्पल निर्यात भएको देखिएको छ । माग भएको संख्या र निर्यात भएको संख्यामा आयातित संख्या घटाउदा आ.व. २०७४–२०७५ मा नेपालमा करिब ५ करोड २० लाख १ हजार ३०२ जोडी अर्थात करिब ६५ प्रतिशत जुत्ता, चप्पल आन्तरिक रुपमा उत्पादन भएको देखिन्छ । एकातर्पm माग अनुसारको आपूर्ति स्वदेशी उत्पादनले गर्न सकिरहेको छैन भने अर्कातर्पm पूर्णरुपमा उत्पादन हुने हो भने नेपालका उद्योगहरुको वार्षिक १२ करोड जोर जुत्ता चप्पल उत्पादन गर्न सक्ने क्षमता रहेको समेत रहेको हुंदा सम्पूर्ण जुत्ता, चप्पल उत्पादन गर्ने उद्योगहरुलाई वातावरणिय मैत्री उत्पादन, लगानी प्रवद्र्धनको माध्यबाट स्वदेशमा नै प्रशस्त रोजगारी को श्रृजना गरि आयातलाई प्रतिस्थापन गर्ने उदेश्यले नेपाल सरकारको सहयोग र हामी निजी क्षेत्रका उद्यमी व्यसायीहरु को लगानी तथा सकृय सहभागितामा नेपाल मै पहिलोपटक छुट्टै औद्योगिक ग्रामको स्थापना गरिएको छ । स्थापित औद्योगिक ग्रामसंचालनको लागि आवस्यक पर्ने पूर्वाधारहरु को विकास गर्ने प्रकृयामा रहेको र आगामी पाँच वर्ष भित्रमा नेपाली जुत्ता, चप्पल विभिन्न वस्तुहरु उत्पादन गर्ने उत्पादन मूलक उद्योगहरु मार्फत संचालनमा आई जुत्ता, चप्पल तथा छालाजन्य बस्तुहरु को निर्यात अभिबृद्धि भै आयातलाई प्रस्थिापन गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने आयोजकले विश्वास गरेको छ ।

दक्षिण तर्फको खुल्ला सिमानावाट अनियन्त्रित रुपमा जुत्ता चप्पलहरु चोरी पैठारी नहुने हो र तयारी बस्तुको आयातमा न्यून बिजकिकरण नहुने हो भने नेपाली जुत्ताचप्पल उद्योगहरुको प्रतिस्पर्धि क्षमतामा ब्यापक बुद्धि भई उद्योगहरु पूर्ण क्षमतामा संचालन हुनसक्ने आयोजकको ठम्याई छ ।
यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*