निशा लामा र कुलेन्द्र बिकले लोकदोहोरीमा नचाए, काउली बुढीको कमेडीले दर्शक भुतुक्कै

२८ फाल्गुन २०७५, मंगलवार ०७:५१
Nisha Lama-Murchunga TV (3)

हेटौँडा, २८ फागुन । मकवानपुरको हेटौँडामा जारी ‘राष्ट्रिय औद्योगिक व्यापार मेला’मा सोमबार गायक कुलेन्द्र विक र निशा लामाले लोक लयमा हेटौँडेली दर्शकलाई नचाएका छन् । कुलेन्द्रले बाटो छेकेर, जिम्बाल बाउको छोरी, रुमाल हल्लाई हल्लाई सहित बहुचर्चित गीत सालको पात गाउँदा चौरमा छारो उड्ने गरि दर्शक नाचेका थिए ।

त्यस्तै लोक गायिका निशा लामाले मन प¥यो मन प¥यो लोक भाका गाएर सबैलाई नचाएकी थिईन् । कुलेन्द्र विक र निशा लामाले दोहोरी गाएर दर्शकलाई नचाएका थिए । काउली बुढीको नामले चर्चित सन्ध्या बुढाले आफ्नो प्रहसन प्रस्तुत गर्दै सबै दर्शकलाई हसाँएकि थिइन् । उनले गीत समेत गाइन् । हेटौँडाका गायक तथा संगीतकार चेतन सापकोटाले पनि आफ्नो जोडदार प्रस्तुती दिएका थिए ।

मेलामा फागुन २७ गतेसम्म ३ करोड बराबरको कारोबार भएको सोमबार मात्रै१३ हजार दर्शकले मेला अवलोकन गरेको संघका सचिव तथा प्रवत्ता काव्यमणि अधिकारीले बताए । दर्शकको माग र चाहाना अनुसार मेला २९ गते सम्म हुने गरि एक दिन थप भएको संघका अध्यक्ष कृष्ण कटुवालले बताए ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*