पारु महराले ‘तीन मोहरको धागो’ गाउँदा दर्शकको हुटिङ

२८ फाल्गुन २०७५, मंगलवार ०६:५२
Featured Video Play Icon

हेटौँडा, २८ फागुन । मकवानपुरको हेटौँडामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेला अन्तर्गतको ‘जिपिएक्स हेटौँडा आईडल’ गायन प्रतियोगिताको मकवानपुरे सञ्चारकर्मी पारु महरा उत्कृष्ट ६ मा परेका छन् । हेटौँडाबाट सञ्चालनमा रहेको रेडियो अनमोल ९० मेगाहर्जमा कार्यरत सञ्चारकर्मी पारु महरा मकवानपुरको हेटौँडा ११ थानाभर्याङका स्थायी बासिन्दा हुन् । यस अघि भएको व्यापार मेलामा आयोजित हेटौँडा आईडमा समेत उत्कृष्ट ७ मा पुग्न सफल भएकी महरा रेडियो अनमोलमा हरेक शुक्रबार दिउँसो ४ बजे गीतसँगीत सँगै सम्बन्धित चर्चित कार्यक्रम ‘अनमोल आईडल’ सञ्चालन गर्छिन् ।

महरा गीतसंगीतमा आफुलाई धेरै नै रुचि भएको बताउँछिन् । सानैदेखि विद्यालय तथा अन्य स्थानमा गीत गाउँदै आएकी महराको आवाजलाई दर्शक तथा निर्णायकहरुले पनि मन पराउने गरेका छन् । उनलाई भोट गर्न टिकटको अर्धकट्टीमा कोड नम्बर १५ लेखेर स्टेज नजिकै रहेको १५ नम्बर बाकसमा खसाल्न सकिन्छ । उनले स्टेजमा आस्था राउतको गीत यसरी गाएकी थिईन् । हेरौँ गीत–

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*