भुवन घलानको भावुक गीत (भिडियो)

२८ फाल्गुन २०७५, मंगलवार ०६:३३
Featured Video Play Icon

हेटौँडा, २८ फागुन । मकवानपुरको हेटौँडामा जारी ‘राष्ट्रिय औद्योगिक व्यापार मेलाका अवसरमा आयोजित ‘ जिपिएक्स हेटौँडा आईडल’ गायन प्रतियोगितामा मकवानपुरे सञ्चारकर्मी भुवन घलान उत्कृष्ट ६ मा छनौट भएका छन् । उनको गीत सुनेर निर्णायकले दिएको मत र मेला हेर्न आएका दर्शकले उनको लागि गरेको टिकट भोटिङका आधारमा उनी सोमबार उत्कृष्ट ६ मा पर्न सफल भएका हुन् ।

उनले आफुलाई भोट गरेर सहयोग गर्ने सबै दर्शक, साथ दिने मिडिया र मिडियाकर्मीका साथै सबै शुभचिन्तकहरुलाई धन्यवाद दिएका छन् । आफ्नो कोड नम्बर १४ रहेको बताउँदै सञ्चारकर्मी घलानले आफुलाई भोट गरिदिनका लागि पनि सबैसँग अपिल गरेका छन् । उनले स्टेजमा गाएको पहिलो पहिलो माया गीतलाई पनि दर्शकले मन पराएका थिए । हेरौँ उनको गीत–

उत्कृष्ट ६ मा पर्न सफल भएकाहरुलाई मेला हेर्न गएका दर्शकहरुले टिकटको अर्धकट्टीमा रहेको भोटिङ गर्ने स्थानमा प्रतियोगीको कोड नम्बर लेखेर भोटिङ बक्समा भोट खसाल्न सक्ने उनले बताए । सञ्चारकर्मी भुवन घलान मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ घर भई हाल हेटौँडामा कार्यरत छन् । हेटौँडा सन्देश दैनिकमा कार्यरत उनी रेडियो प्राविधिक समेत हुन् । घलानले मुक्तक र गजल पनि निक्कै मार्मिक र चोटिला लेख्छन् । उनी उदाउँदो साहित्यकार पनि हुन् ।

हेटौंडा–५ क्याम्पाडाँडामा फागुन १८ गतेदेखि जारी मेला फागुन २९ गतेसम्म चल्ने छ । मेला स्थलसम्म पुग्नका लागि निःशुल्क बस सेवा र सहुलियत मयुरीको भाडादर पनि कायम गरिएको छ । त्यस्तै मेलामा निःशुल्क स्वास्थ्य सेवाको समेत व्यवस्था गरिएको छ । मेलामा हेटौँडा आईडलका उत्कृष्ट प्रतिष्पर्धीले हरेक दिन स्टेज प्रस्तुति दिईरहेका छन् भने हरेक दिन चर्चित कलाकारहरुले पनि प्रस्तुति दिइरहेका छन् ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*