दिपक कालिराज बने हेटौँडा आईडलमा सोमबारको ‘सिङ्गर अफ द डे’

२७ फाल्गुन २०७५, सोमबार १७:३३

हेटौँडा, २७ फागुन । हेटौँडामा जारी जि.पि.एक्स हेटौँडा आईडल गायन प्रतियोगितामा सोमबार दिपक कालिराज ‘सिङ्गर अफ द डे’ बन्न सफल भएका छन् । कालिराज सिङ्गर अफ द डे हुँदै उत्कृष्ट ६ मा समेत परिसकेका छन् ।

सिङ्गर अफ द डे बन्दै उनले मेघा ईन्टिच्युट अफ हस्पिल्याटी म्यानेजमेन्टको तर्फबाट आकर्षक पुरस्कार समेत प्राप्त गरेका छन् । उनलाई भोट गर्न मेलामा जाँदा किनेको टिकटको अर्धकट्टीमा उनको कोड नम्बर १२ लेखेर स्टेज नजिकै रहेको १२ नम्बर भोटिङ बक्समा खसाल्नु पर्नेछ ।

हेटौँडा आईडललाई जिपिएक्स रेसिङले प्रायोजन गरेको हो । आईडलमा प्रथम हुनेले नगद ३५ हजार सहित ५ हजार बराबरको चन्द्रागिरी केबलकार टिकेट, द्वित्तिय हुनेले नगद २५ हजारसहित ५ हजार बराबरको चन्द्रागिरी केबलकार टिकेट र तृतिय हुनेले नगद १५ हजार सहित ५ हजार बराबरको चन्द्रागिरी केबलकार टिकेट प्राप्त गर्ने छन् । प्रथम हुनेलाई मेलामा राखेका स्टलवालाहरुबाट पनि जिन्सी सामान पुरस्कारहरु रहेका छन् । आईडललाई वोन ट्राभल्सको तर्फबाट युएई (दुबाई) आउने जाने टिकटको व्यवस्था समेत गरिएको छ । साथै लक्ष्मी टेक्नोप्लाष्टको तर्फबाट कफी टेवल एक सेट र भिसिरिज सरफको तर्फबाट आकर्षक पुरस्कार समेत रहेको छ ।

उत्कृष्ट ६ मा सुसन शाह ठकुरी, विजय लामा, सुशल तामाङ, दीपक कालिराज, भुवन घलान र पारु महरा रहेका छन् । प्रतियोगितामा गायक संगीतकार शिखर सन्तोष, किशोर डंगोल र विजय कार्की निर्णायक छन् । उत्कृष्ट प्रतिष्पर्धीले स्टेज पर्फोमेन्स दिएको आधारमा निर्णायकको मत र मेला हेर्न आएका दर्शकहरुले लिएको टिकटमा दर्शकले नै दिएको भोटका आधारमा उनीहरुलाई छनौट गर्दै फाईनल भिडन्त तय गरिनेछ । उनीहरुलाई भोट गर्नका लागि मेलामा प्रवेश गर्दा लिइएको टिकटको अर्धकट्टीमा उनीहरु मध्ये आफुलाई मनपर्ने कुनै एक प्रतियोगीको नम्बर लेखेर स्टेज नजिकै भएको सोही नम्बरको भोटिङ बक्समा खसाल्नुपर्ने छ ।

हेटौंडा–५ क्याम्पाडाँडामा फागुन १८ गतेदेखि जारी मेला फागुन २९ गतेसम्म चल्ने छ । मेला स्थलसम्म पुग्नका लागि निःशुल्क बस सेवा र सहुलियत मयुरीको भाडादर पनि कायम गरिएको छ । त्यस्तै मेलामा निःशुल्क स्वास्थ्य सेवाको समेत व्यवस्था गरिएको छ । मेलामा हेटौँडा आईडलका उत्कृष्ट प्रतिष्पर्धीले हरेक दिन स्टेज प्रस्तुति दिईरहेका छन् भने हरेक दिन चर्चित कलाकारहरुले पनि प्रस्तुति दिइरहेका छन् ।

यो पनि पढ्नुहोस्–

भुवन घलान हेटौँडा आईडलको उत्कृष्ट ६ मा, यसरी गरौँ भोट

हेटौँडा आईडलमा उत्कृष्ट ६ छनौट, प्रेम बैठा बाहिरिए

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*