हेटौँडा आईडलमा उत्कृष्ट ६ छनौट, प्रेम बैठा बाहिरिए

२७ फाल्गुन २०७५, सोमबार १४:२८
Hetauda Idol Top 7-Murchunga TV

हेटौँडा, २७ फागुन । मकवानपुरको हेटौँडामा जारी ‘राष्ट्रिय औद्योगिक व्यापार मेलाका अवसरमा आयोजित ‘ जिपिएक्स हेटौँडा आईडल’ मा उत्कृष्ट ६ जना छनौट भएका छन् । सोमबार प्रेम बैठा बाहिरिएपछि उत्कृष्ट ६ छानिएको हो ।

उत्कृष्ट ६ प्रतिस्पर्धीको नामावली र भोटिङ कोड नम्बर

सुसन शाह ठकुरी, भोटिङ कोड नम्बर ७
विजय लामा, भोटिङ कोड नम्बर १०
सुसाल तामाङ, भोटिङ कोड नम्बर ११
दीपक कालिराज, भोटिङ कोड नम्बर १२
भुवन घलान, भोटिङ कोड नम्बर १४
पारु महरा, भोटिङ कोड नम्बर १५

प्रतियोगितामा गायक संगीतकार शिखर सन्तोष, किशोर डंगोल र विजय कार्की निर्णायक छन् । उत्कृष्ट प्रतिष्पर्धीले स्टेज पर्फोमेन्स दिएको आधारमा निर्णायकको मत र मेला हेर्न आएका दर्शकहरुले लिएको टिकटमा दर्शकले नै दिएको भोटका आधारमा उनीहरुलाई छनौट गर्दै फाईनल भिडन्त तय गरिनेछ । उनीहरुलाई भोट गर्नका लागि मेलामा प्रवेश गर्दा लिइएको टिकटको अर्धकट्टीमा उनीहरु मध्ये आफुलाई मनपर्ने कुनै एक प्रतियोगीको नम्बर लेखेर स्टेज नजिकै भएको सोही नम्बरको भोटिङ बक्समा खसाल्नुपर्ने छ । हेटौँडा आईडललाई जिपिएक्स रेसिङले प्रायोजन गरेको हो । आईडलमा प्रथम हुनेले नगद ३५ हजार सहित ५ हजार बराबरको चन्द्रागिरी केबलकार टिकेट, द्वित्तिय हुनेले नगद २५ हजारसहित ५ हजार बराबरको चन्द्रागिरी केबलकार टिकेट र तृतिय हुनेले नगद १५ हजार सहित ५ हजार बराबरको चन्द्रागिरी केबलकार टिकेट प्राप्त गर्ने छन् । प्रथम हुनेलाई मेलामा राखेका स्टलवालाहरुबाट पनि जिन्सी सामान पुरस्कारहरु रहेका छन् । आईडललाई वोन ट्राभल्सको तर्फबाट युएई (दुबाई) आउने जाने टिकटको व्यवस्था समेत गरिएको छ ।

हेटौंडा–५ क्याम्पाडाँडामा फागुन १८ गतेदेखि जारी मेला फागुन २९ गतेसम्म चल्ने छ । मेला स्थलसम्म पुग्नका लागि निःशुल्क बस सेवा र सहुलियत मयुरीको भाडादर पनि कायम गरिएको छ । त्यस्तै मेलामा निःशुल्क स्वास्थ्य सेवाको समेत व्यवस्था गरिएको छ । मेलामा हेटौँडा आईडलका उत्कृष्ट प्रतिष्पर्धीले हरेक दिन स्टेज प्रस्तुति दिईरहेका छन् भने हरेक दिन चर्चित कलाकारहरुले पनि प्रस्तुति दिइरहेका छन् ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*