सञ्चारकर्मी भुवन घलान र पारु महरा हेटौँडा आईडलमा भिड्दै

हेटौँडा, २६ फागुन । मकवानपुरको हेटौँडामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेला अन्तर्गतको ‘जिपिएक्स हेटौँडा आईडल’ गायन प्रतियोगिताको उत्कृष्ट ७ मा पर्दै मकवानपुरका दुई सञ्चारकर्मी भुवन घलान र पारु महराले गायन क्षेत्रमा नयाँ पाईला चालेका छन् ।
हेटौँडाबाट सञ्चालनमा रहेको रेडियो अनमोल ९० मेगाहर्जमा कार्यरत सञ्चारकर्मी पारु महरा र मकवानपुरमा निरन्तर प्रकाशनमा रहेको मकवानपुरकै पुरानो दैनिक पत्रिका ‘हेटौँडा सन्देश’ मा कार्यरत सञ्चारकर्मी भुवन घलान दुबै साँगितिक क्षेत्रमा नयाँ हुन् तर पहिलो पटक प्रतियोगितामा भाग लिएका भुवनलाई हेटौँडा आईडलको यात्रा त्यति सहज भने छैन । उनी सिक्दै छन् र सिकेका कुरालाई गायनमा उतार्ने हरसम्भव प्रयास गरिरहेका छन् । भुवनलाई कोड नम्बर १४ र पारुलाई कोड नम्बर १५ लेखेर भोट गर्न सकिन्छ । उनीहरुलाई भोट गर्न चाहाने दर्शकले मेलास्थलमा प्रवेश गर्दाको टिकटको अर्धकट्टीमा भुवनलाई भए १४ र पारुलाई भए १५ नम्बर कोड लेखेर स्टेज नजिकै भएको सोही नम्बरको भोटिङ बाकसमा भोट गर्नुपर्छ ।
महरा मकवानपुरको हेटौँडा ११ थानाभर्याङका स्थायी बासिन्दा हुन् । यस अघि भएको व्यापार मेलामा आयोजित हेटौँडा आईडमा समेत उत्कृष्ट ७ मा पुग्न सफल भएकी महरा रेडियो अनमोलमा हरेक शुक्रबार दिउँसो ४ बजे गीतसँगीत सँगै सम्बन्धित चर्चित कार्यक्रम ‘अनमोल आईडल’ सञ्चालन गर्छिन् । महरा गीतसंगीतमा आफुलाई धेरै नै रुचि भएको बताउँछिन् । सानैदेखि विद्यालय तथा अन्य स्थानमा गीत गाउँदै आएकी महराको आवाजलाई दर्शक तथा निर्णायकहरुले पनि मन पराउने गरेका छन् ।
सञ्चारकर्मी भुवन घलान मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ घर भई हाल हेटौँडामा कार्यरत छन् । हेटौँडा सन्देश दैनिकमा कार्यरत उनी रेडियो प्राविधिक समेत हुन् । गीतसँगीतलाई जीवनसँग जोडेर हेर्ने उनी गीत सुनेर भावुक समेत हुने गर्छन् । उनी उदाउँदो साहित्यकार पनि हुन् ।
यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?
मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे
क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो