हेटौँडामा राजन र सुजिलले उफारे दर्शक

२६ फाल्गुन २०७५, आईतवार २०:४८
Sujil Karmacharya-Murchunga TV 2

हेटौँडा, २६ फागुन । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौँडामा भईरहेको ‘राष्ट्रिय औद्योगिक व्यापार मेलामा’ आईतबार चर्चित गायक गायिकाहरुले मनोरञ्जन दिएका छन् । मेलामा गायक तथा संगितकार राजनराज सिवाकोटी, सुजिल कर्माचार्य, शिव हमाल र प्रतिमा अर्यालले आफ्नो सिर्जना पस्केका थिए ।

गायक राजनराज सिवाकोटीले पूर्व पश्चिम रेल, चेप्टे चेप्टे पेरुङ्गो, टाकन टुकुन टाक्क, चरी चट्ट परि हुरुरु खोली तिरै तिर, सुर्के थैली खै, कुटुमा कुटु, गोजीमा दाम छैन, चिरविर चिरविर चाँचरी लगायतका आफ्ना हिट गीतहरु गाएर धुलो उड्ने गरी हजारौं युवायुवतीहरुलाई नचाएका थिए । त्यस्तै लोक गायक शिव हमालले कहाँ गयौं जुरेली किन गीत गाउँदैन, झुम्के बुलाकी , हावा चल्यो, पछ्यौरी लेउ बैना जस्ता लोक गीत प्रस्तुत गरेका थिए । उनले मकवानपुरे लोक गायिका प्रतिमा अर्यालसँग सेतो घोडा ए है जोडा भाकामा दोहोरी गाएका थिए ।

त्यस्तै चर्चित हेटौँडेली गायक सुजिल कर्माचार्यले बितेका पल, साढे सत्र वर्ष एक्लै काटेँ, मानिलेउ संसारकै तिमी राम्री, लण्डनमा सानु लण्डनमा भन्दै दर्शकलाई नचाएका थिए । हेटौंडाका गायक तथा संगीतकार चेतन सापकोटाले पनि आफ्नो जोडदार प्रस्तुती दिएका थिए । त्यस्तै हेटौँडा आईडलमा उत्कृष्ट ७ को पनि आईतबार प्रस्तुति राखिएको थियो ।

मेलामा सोमबार बहुचर्चित गीत सालको पातको टपरी हुनीका गायक कुलेन्द्र विक र काउली बुढी (सन्ध्या बुढा) ले आफ्नो प्रस्तुती दिने संघका उपाध्यक्ष तथा मनोरञ्जन समितिका संयोजक गणेश भेटुवालले बताए । आईतबार १५ हजार दर्शकले मेला अवलोकन गरेको र आठौं दिनसम्म २ करोड ७५ लाख बराबरको कारोबार भएको संघका सचिव तथा प्रवत्ता काव्यमणि अधिकारीले बताए । आईतबार हेलिकप्टरले ८ फ्लाइट हेटौंडा सिटी टुर गरेको संघका सदस्य तथा हेलिकप्टर समितिका संयोजक माधव ज्ञवालीले बताए । दर्शकको माग र चाहाना अनुसार मेला २९ गते सम्म हुने गरी एक दिन थप भएको संघका अध्यक्ष कृष्ण कटुवालले बताए ।

यो पनि पढ्नुहोस्–

हेटौँडा आईडलमा उत्कृष्ट ७ छनौट, ३ जना एकै पटक आउट

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*