
हेटौँडामा लाग्यो ‘मायाको हाट बजार’

हेटौँडा, २६ फागुन । मकवानपुरे कलाकर्मी तथा चलचित्र निर्माता राजेन्द्र गौतमले संभवत नेपालकै सबैभन्दा धेरै कलाकार प्रयोग गर्दै हेटौँडामा ‘मायाको हाट बजार’ लगाएका छन् । गौतमले आफ्नो गित ‘मायाको हाटबजार’ को छायाङ्कन गर्दा हाट बजार नै लगाएका हुन् । नेपालकै सबैभन्दा धेरै कलाकार प्रयोग गरिएर छायाङ्कन गरिएको गित ‘मायाको हाट बजार’ चाँडै बजारमा आउने बताइएको छ ।
गीतको म्यूजिक भिडियोलाई १२ लाख रुपैँया लागत लगाएर छायाङ्न गरिएको गौतमले बताए । गीतको लागि हेलिकप्टरको समेत प्रयोग गरिएको छ । शब्द तथा गायन गौतमकै रहेको गितमा राम विडारीको संगित रहेको छ भने म्युजिक भिडियोमा आशिष–अनुप मानन्धरको कोरियोग्राफी हेर्न पाईन्छ । गितमा सुरज योञ्जन र मोनिका लामिछानेको मुख्य अभिनय रहेको छ भने यसलाई गौतम तथा शितल शर्माले निर्माण गरेका हुन् । गितको ब्यवस्थापन कृष्णकली राजथलाले गरेकी छिन् भने विनोद भट्राईले भिडियो खिचेका हुन् ।
गीतको विषयमा जानकारी दिँदै गायक तथा निर्माता गौतमले आफुले हेटौँडाबाट पहिलो पटक सबैभन्दा धेरै कोरसको प्रयोग गरि गित निर्माण गरेको बताए । गित अबको केहि समयमानै युट्युब मार्फत सार्वजनिक गर्ने तयारी गरिएको उनले बताए । नेपालमा म्युजिक भिडियो निर्माणमा धेरै परिश्रम नगर्ने गरेको सन्र्दभमा आफुहरुले निकै मेहनत तथा श्रोत र साधनको भरपुर प्रयोग गरेर गितको तयारी पुरा गरेको उनले बताए ।
यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?
मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे
क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो