३ जना तामाङ प्रतिस्पर्धी हेटौँडा आईडलमा भिड्दै, यसरी गर्नुहोस् भोट

२६ फाल्गुन २०७५, आईतवार १६:३७

हेटौँडा, २६ फागुन । मकवानपुरको हेटौँडामा जारी ‘राष्ट्रिय औद्योगिक व्यापार मेलाका अवसरमा आयोजित ‘ जिपिएक्स हेटौँडा आईडल’ गायन प्रतियोगितामा आईतबार उत्ृकष्ट ७ प्रतिस्पर्धी छनौट गरिएको छ । उत्कृष्ट ७ मा मकवानपुरका ३ जना तामाङहरु प्रतिस्पर्धामा छन् ।

उत्कृष्ट ७ मा तामाङ समुदायबाट विजय लामा, सुशल तामाङ र भुवन घलान रहेका छन् । प्रतियोगी ३ मध्ये विजय लामाको कोड नम्बर १०, सुशल तामाङको कोड नम्बर ११ र भुवन घलानको कोड नम्बर १४ रहेको छ । उनीहरुलाई मेला हेर्न गएका दर्शकहरुले टिकटको अर्धकट्टीमा उनीहरुमध्ये कुनै एक जनाको कोड नम्बर लेखेर स्टेज नजिकै रहेको सोही नम्बरको भोटिङ बक्समा भोट खसाल्न सक्ने व्यवस्था गरिएको छ ।

हेटौँडा आईडललाई जिपिएक्स रेसिङले प्रायोजन गरेको हो । आईडलमा प्रथम हुनेले नगद ३५ हजार सहित ५ हजार बराबरको चन्द्रागिरी केबलकार टिकेट, द्वित्तिय हुनेले नगद २५ हजारसहित ५ हजार बराबरको चन्द्रागिरी केबलकार टिकेट र तृतिय हुनेले नगद १५ हजार सहित ५ हजार बराबरको चन्द्रागिरी केबलकार टिकेट प्राप्त गर्ने छन् । प्रथम हुनेलाई मेलामा राखेका स्टलवालाहरुबाट पनि जिन्सी सामान पुरस्कारहरु रहेका छन् । आईडललाई वोन ट्राभल्सको तर्फबाट युएई (दुबाई) आउने जाने टिकटको व्यवस्था समेत गरिएको छ ।

उत्कृष्ट ७ मा सुसन शाह ठकुरी, प्रेम बैठा, विजय लामा, सुशल तामाङ, दीपक कालिराज, भुवन घलान र पारु महरा रहेका छन् । प्रतियोगितामा गायक संगीतकार शिखर सन्तोष, किशोर डंगोल र विजय कार्की निर्णायक छन् । उत्कृष्ट प्रतिष्पर्धीले स्टेज पर्फोमेन्स दिएको आधारमा निर्णायकको मत र मेला हेर्न आएका दर्शकहरुले लिएको टिकटमा दर्शकले नै दिएको भोटका आधारमा उनीहरुलाई छनौट गर्दै फाईनल भिडन्त तय गरिनेछ । उनीहरुलाई भोट गर्नका लागि मेलामा प्रवेश गर्दा लिइएको टिकटको अर्धकट्टीमा उनीहरु मध्ये आफुलाई मनपर्ने कुनै एक प्रतियोगीको नम्बर लेखेर स्टेज नजिकै भएको सोही नम्बरको भोटिङ बक्समा खसाल्नुपर्ने छ ।

हेटौंडा–५ क्याम्पाडाँडामा फागुन १८ गतेदेखि जारी मेला फागुन २९ गतेसम्म चल्ने छ । मेला स्थलसम्म पुग्नका लागि निःशुल्क बस सेवा र सहुलियत मयुरीको भाडादर पनि कायम गरिएको छ । त्यस्तै मेलामा निःशुल्क स्वास्थ्य सेवाको समेत व्यवस्था गरिएको छ । मेलामा हेटौँडा आईडलका उत्कृष्ट प्रतिष्पर्धीले हरेक दिन स्टेज प्रस्तुति दिईरहेका छन् भने हरेक दिन चर्चित कलाकारहरुले पनि प्रस्तुति दिइरहेका छन् ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म वेब सिरिज एपिसोड–२ माया कि ओभर केयर ?

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*